• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ५ मा आजबाट राहत बितरण शुरु

बडिमालिका नगरपालिका ५ मा आजबाट राहत बितरण शुरु

  • आइतवार, चैत्र ३०, २०७६
बडिमालिका नगरपालिका ५ मा आजबाट राहत बितरण शुरु

 बाजुरा, चैत्र-३०–  बडीमालिका नगरपालिका वडा नं. ५मा आजबाट राहत वितरण कार्यक्रम सूरु गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ५को समन्वय सहकार्य तथा बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा वडा भित्रका स्थानीयहरुका लागि राहत स्वरुप खाद्यन्न सामाग्री वितरण कार्यक्रम सूरु गरिएको हो । स्थानीय सरकारले घोषणा गरे अनुरुप आइतबार आज बडीमालिका नगरपालिका ५ नं. वडाका २ सय १६ घरधुरी मध्ये २ सय ३ घरधुरिका विपन्न ,श्रमिक, बेसहारा तथा दलित परिवारलाई राहत वितरण गरिएको वडा सचीव बिजय कुमार शाहिले बताउनु भएको छ।हामिले पहिलो पटक ५४परिवार अतिबिपन्नलाइ २०केजि चामल१केजि दाल र १केजि नुन तथा १सय ४९ परिवारलाइ १०केजि चामल १केजि दाल र १ केजि नुन बितरण गरेका छौं लकडाउनको समय थप भए पुनः राहत प्याकेज ल्याउने वडा अध्यक्ष बलबहादुर थापाले बताउनु भएको छ।केही छाकलाइ भएपनी लकडाउनका बेला राहत पाउँदा आफुहरु अत्यन्तै खुशी भएका राहत लिन आएका स्थानियहरुको भनाइ रहेको छ।राहत बितरण कार्यक्रममा वडा अध्यक्ष लगाएत वडाका सबै जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार