• होमपेज
  • बडिमालिका
  • बुढिगंगा नगरपालिकाले अस्पताल बाजुरालाइ कोभिड–१९ काे उपचार ब्यबस्थापनमा सहयोग गर्ने

बुढिगंगा नगरपालिकाले अस्पताल बाजुरालाइ कोभिड–१९ काे उपचार ब्यबस्थापनमा सहयोग गर्ने

  • सोमवार, चैत्र २४, २०७६
बुढिगंगा नगरपालिकाले अस्पताल बाजुरालाइ कोभिड–१९ काे उपचार ब्यबस्थापनमा सहयोग गर्ने

बुढिगंगा नगरपालिका जिल्ला अस्पताल बाजुरालाई कोभिड–१९ को उपचार ब्यबस्थापन गर्नका लागि सहयोग गर्ने भएको छ । जिल्ला अस्पताल बाजुरामा कोराना भाईरस (कोभिड–१९) ब्यबस्थापनका लागि तत्काल १ लाख सहयोग गर्ने बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले बडिमालिका खबरलाई बताएका छन् । अस्पतालमा उपचार ब्यबस्थापन गर्नका लागि सहयोग गरिएको शाहले वताए ।
सरकारले जिल्ला अस्पताल बाजुरालाई कोराना भाईरस कोभिड–१९ उपचारको लागि ब्यबस्थापन गर्ने निर्णय समेत गरेको छ । जिल्ला अस्पताल बाजुरालाई कोभिड–१९ उपचारको लागि तत्काल १ लाख सहयोग गर्ने भएपनि थप आबश्यक परे सहयोग गर्ने बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । जिल्लाभरीमा कोभिड–१९ को संका लागेका बिरामीलाई अस्पताल बाजुरामा राख्ने गरि आइसोलेसन कक्ष समेत निर्माण गरिएको छ ।
अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने बुढिगंगा नगरपालिकाले तत्काल १ लाख सहयोग गर्ने वताएका छन् । उनले बाजुराका सबै स्थानिय तहले कोभिड–१९ लाई लक्षित गरेर सहयोग गर्नुपर्ने बताएका छन् । अस्पतालमा धेरै ब्यबस्थापन गर्नुपर्ने रहेको छ, बजेटको आबश्यक छ, सबैलाई सहयोग गर्न समेत डा. रुपचन्द्रले आग्रह गरेका छन् । बुढिगंगाको सहयोगले अस्पतलाई ठुलो सहयोग हुने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार