लक्ष्मण जाेशी — जगन्नाथ गाँउपालिका अध्यक्ष काली बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे आ=व=२०७६।२०७७ मा गाँउपालिकाको विकासका लागि थप बजेटको व्यवस्था कसरी गर्न सकिन्छ,भनेर विभिन्न निकाय सँग समन्वय,सहकार्य र डकुमेन्टेसनका माध्यम बाट रातदिन खटेर नेपाल सरकारले दिएको सिलिगं भन्दा यस बर्ष थप ५ करोड २३ लाख बजेट भित्र्याउन सफल हुनु भएको छ ।
१–प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश पुर्वाधार कार्यऋम बाट रु ४८ लाख -प्रदेश संसद विकास कोष
२–स्थानिय पुर्वाधार विकास पुर्वाधार विकास कार्यऋम बाट रु ९० लाख -संघिय संसद विकास कोष_
३–राष्टिय योजना आयोग बाट समपुरक र विशेष अनुदान बाट रु ३ करोड १० लाख
४–प्रदेश विशेष अनुदान बाट रु ७५ लाख
जगन्नाथ गाँउपालिकाका जनताको जिवनस्तरमा सुधार ल्याउने उद्धेश्यले विभिन्न निकाय बाट प्राप्त स्रोतको सहि सदुपयोग गर्नका लागि गाँउ कार्यपालिकाको मिति २०७६।१०।४ गतेको ६३ औ बैठकले भौतिक पुर्वाधारका योजनाहरुमा बिगतमा श्रमदान २० प्रतिशत कायम गरेपनि प्रभावकारी रुपमा लागु नभएका कारण यसलाइ परिवर्तन गरि सडकको हकमा १० प्रतिशत र अन्य योजनाहरुमा ७=५ प्रतिशत श्रमदानलाइ कडाइका साथ लागु गर्नुका साथै प्रत्येक योजनामा कुल लागत इष्टमेटको ५ प्रतिशत रकम अन्तिम भुक्तानी लिदा गाँउपालिकाको धरौटी खातामा जम्मा गर्नु पर्ने र उक्त धरौटी रकम योजना सम्पन्न भएको एक बर्ष पछि योजनामा कुनै समस्या नआएमा प्राविधिकको अनुगमन प्रतिवेदनका आधारमा सम्वन्धित योजनाको खातामा जम्मा गर्ने निर्णय गर्नुका साथै आ=व=२०७६।२०७७ मा गाँउपालिका मार्फत संचालिन कुल ६० ओटा योजनाका उपभोक्ता समितिहरुलाइ योजना संचालन पुर्व र सम्पन्न पश्चात तालिम र उत्कृष्ठ योजना निर्माण गर्ने उपभोक्ता समितिलाइ रु ५० हजार पुरस्कारको व्यवस्था गरेको छ ।
योजनाहरु कमसल बनाउदा धरौटी रकम फिर्ता नआउने हुँदा उपभोक्ता समिति गुणस्तरीय योजना बनाउने देखिन्छन । योजनाहरु गुणस्तरीय बनाउनका लागि गाँउपालिकाका वडा अध्यक्ष,प्राविधिक र प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा अनुगमन टोली गठन गरि अनुगमन कार्य शुरु गरिएको छ। जगन्नाथ गाँउपालिकाले यस बर्ष भौतिक पुर्वाधारका योजनाहरुमा कुल रु ११ करोड ४० लाख रकम विनियोजन गर्नुका साथै प्रति वडा औषत रु २ करोड रकम पुर्वाधार विकासमा खर्च हुने देखिन्छ ।