• होमपेज
  • देश
  • ‘अब पनि एमाले र माओवादी भन्‍ने हो भने दुर्घटना हुन्छ’

‘अब पनि एमाले र माओवादी भन्‍ने हो भने दुर्घटना हुन्छ’

  • बिहिबार, फाल्गुन १५, २०७६
‘अब पनि एमाले र माओवादी भन्‍ने हो भने दुर्घटना हुन्छ’

काठमाडौं : नेकपाका नेता ईश्वर पोखरेलले अब पूर्व पार्टी जन्माउने तर्क गर्न नहुने बताएका छन्। राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पूर्व एमाले र पूर्व माओवादी भन्ने तरिकाले गए दुर्घटना हुने धारणा राखेका हुन्।

विचार र संगठन दुबैमा को यता को उता भन्ने तरिकाले जान नहुने बताउँदै पोखरेलले त्यसरी गए चौतारी बन्ने तर पार्टी नबन्ने स्पष्ट पारेका छन्। उनले भीड मात्र भएर पार्टी नबन्ने भएकाले संगठित शक्ति नै अहिलेको आवश्यकता भएको बताए। उनले नेकपाले जारी गरेको आचारसंहिता पार्टी अध्यक्षदेखि कार्यकर्ता सबैले मान्नुपर्ने स्पष्ट पारेका छन्। पार्टीले जारी गरेको आचारसंहित पालना गर्न आफू प्रतिवद्ध रहेको धारणा राखे।
बामदेव गौतमलाई लक्षित गर्दै पोखरेलले भने,’पूर्व एमालेको विधानमा ७० वर्षको कुरा थियो, त्यो किन हटाइयो मलाई थाहा छैन।’ कहाँ के बोल्ने कहाँ के नबोल्ने ख्याल गर्नुस् ।’

यता प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको जन्मदिनमा केक काटेको विषयमा आपत्ति जनाएकी थिइन्। प्रशिक्षणमा बोल्दै उनले जन्मदिनमा केक काटेको विषय उठाएकी हुन्। ‘मलाई थाहा छैन, जन्मदिनमा केक काटेर जन्मदिन मनाएको ?’ उनले भनिन्, ‘उज्यालो बत्ती निभाएर जन्मदिन मनाउने कुरा कहाँबाट आयो। ’

शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गरिन्। उनले नेकपामा सामन्ती चिन्तन हावी भएको बताउँदै ‘हाम्रो सोच विचार किन ग्रसित भएका छन‍्’भन्दै नेतृत्वलाई प्रश्न गरिन्। प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाललगायतका शीर्ष नेताहरु सहभागी भएका छन्।

चर्चामा

सम्बन्धित समाचार