शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन

  • आइतवार, फाल्गुन ४, २०७६
राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिकाे अध्यक्षमा रमा भट्टराई (जैरू) निर्वाचित भएका छिन्। सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम एेतिहासिक सुदूरपश्चिम प्रदेश सम्मेलनले पत्रकार जैरू अध्यक्षमा रहने गरि १२ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गणेश राेका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुरा), सहसचिव रमेश वादी गन्दर्भ
(कन्चनपूर) (कैलाली) र कोषाध्यक्षमा सुनिता विक कैलाली । त्यस्तै संघकाे सदस्यमा लालबहादुर चंदारा अछाम, शुरेस ताेलाङ्गी डडेलधुरा, विक्रम भुल वैतडी, सुवास नेपाली डाेटी, अाकान्छा पाल्पाली कन्चनपूर, विवेक नागरिक कैलाली र बाजुराकी साेधा नेपाली चयन भएकाे नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष तथा सम्मेलनका निर्वाचन मण्डल संयाेजक अर्जुन शाहले बताएका छन् । संघकाे सम्मेलन दुईदिन सम्म धनगढीमा चलेकाे थियाे । सम्मेलनले ३ जनालाई कार्यसमितिकाे पहिलाे वैठकबाट सदस्यमा मनाेनित गर्ने भएकाे छ ।

त्यस्तै प्रदेश समितिले हेमकर्ण विक, हरिष विक, शर्मिला बागचन्द र गणेश नेपाली चार जनाकाे सल्लाहकार समिति पनि बनाएकाे हाे । सम्मेलनमा राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि याे संघकाे स्थापना गरिएकाे बताएका थिए । उहाँले दलित मुक्ति अान्दाेलनलाई सफल बनाउन दलित पत्रकारहरूले नै अगुवाई गर्नुपर्नेमा बताए ।
संङघले स्थापनाकाल देखि अहिलेसम्म ४७ जिल्लामा अाफ्नाे संगठन विस्तार गरिसकेकाे छ । संघका अन्य ६ वटा प्रदेशमा यस अघि नै प्रदेश समिति गठन भईसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा याे संघकाे समिति अाईतबार गठन गरिएकाे हाे । संघमा हालसम्म १५ सयबढी दलित संचारकर्मीहरू संगठित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार