काठमाडौं । मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि उचालेको छ ।
शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १(० गोल अन्तरले पराजित गरेसगै मछिन्द्र क्लब शिर्ष स्थानमा रहदै मछिन्द्र क्लब च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मछिन्द्रलाई जित दिलाउन आर्मीले गरेको आत्मघाती गोलनै प्रयाप्त बनेको थियो ।
खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको थियोे । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिनत भएको थियो ।
मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।
खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए ।
२० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए ।
बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए ।
खेलको ५० औं मिनेटमा मछिन्द्रले गोल गर्ने अवसर पाए पनि सकेन ।
साभार बाह्रखरि