• होमपेज
  • बाजुरा बिशेष
  • एकजना युवा हिउँमाथी मृत अबस्थामा भेटिए

एकजना युवा हिउँमाथी मृत अबस्थामा भेटिए

  • मङ्लबार, माघ २८, २०७६
एकजना युवा हिउँमाथी मृत अबस्थामा भेटिए

बाजुरा २८ माघ — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ को लेखमा हिउमा लडेको अबस्थामा एक जना मृत भेटिएका छन् । मृत भेटीएको खवर पछि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटना स्थलतर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले बताएका छन् ।
मृत भेटिएका युवा को हुन भन्ने कुराको पहिचान नभएको प्रहरी प्रमुख भट्टराईले बताएका छन् । स्थानीयले हिउँमा लडेको देखी पछि प्रहरीलाई खवर भएको र प्रहरीको टोली घटना स्थल गएकोले मृत युवा को हुन भन्ने कुराको पहिचान नभएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार