बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

  • सोमवार, पुस २१, २०७६
सुदूरपश्चिम सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

शुदुरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई स्वीकृति प्रदान गरेको छ। नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू गरिने जनाइएको छ।

उक्त नीतीमा प्रदेशको अछाम सहितका जिल्लामा छाउगोठ हटाउने कार्य जारी राखिएको जनाइएको छ। कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई हटाउन गाउँगाउँमा जनचेतनामूलक अभियान चलाउने तथा छाउगोठ पूर्णरुपमा हटाउन उक्त नीती ल्याइएको बताइएको छ।

साथै मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि शुरू हुने निर्णय गर्दै विभिन्न ऐनहरूलाई स्वीकृति प्रदान गरेकाे छ।  साथै उक्त बैठकले ही विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। त्यस्तै उक्त बैठकमा सुदुरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति गठन आदेश, २०७६ संशोधन गर्ने विषय पारित भएको छ।

साभार

चर्चामा

सम्बन्धित समाचार