• होमपेज
  • फिचर
  • मानव जीवनको वास्तविकता

मानव जीवनको वास्तविकता

  • मङ्लबार, पुस ८, २०७६
मानव जीवनको वास्तविकता
उमेश प्रसाद अवस्थी(आदर्श)

मानिसहरु जिन्दगी भरी भोली मज्जाले आराम गरौला, भनेर मरिमरि काम गर्छन ।  उनिहरुले सोचेको दिन कहिल्यै आउदैन,बरु त्यो दिन आउनु भन्दा अगाबै मृत्यु उनिहरुलाई लिन आईपुग्छ । आधा जिन्दगीमा मान्छेहरु स्वास्थ्य बिगारी बिगारी काम गर्छन, आधा जिन्दगी त्यही काम गर्दा गर्दै बिग्रिएको स्वास्थ्यको उपचार गराउँदा गराउँदै बिताउछन । जिबनमा पैसा पैसा भन्दा भन्दै धन पैसाको पछाडी मात्र नाङ्गो भएर नभाग । आफ्नो परिवार आफ्नो स्वास्थ्यको पनी ख्याल गर्ने गर किनकी जुन दिन तपाई बिरामी पर्नेछौ । तपाइले कमाएको पैसाले  तपाईकै बिग्रिएको स्वास्थ्य  ठिक पार्नमा सकिनेछ । दशहजारको मोबाईल तपाई कहिल्यै पानिमा भिजाउँदैनौ । दुईलाखको बाईकमा तपाइलै कहिल्यै मट्टितेल राख्दैनौ । किनकी तपाई लाई डर हुन्छ, मट्टितेलले बाइकको ईन्जिनलाई खराब गर्न सक्छ  । पानीले भिझ्दा मोबाईल बिग्रन सक्छ । जाबो दश हजारको मोबाईल र दुई लाखको बाईकको त्यत्रो चिन्ता छ तपाईलाइ, तर तपाईले आजसम्म कहिल्यै चुरोट,  रक्सी, गुट्खा, खैनि,मुखमा हाल्नु भन्दा पहिला सोच्यो कि यदि मुटु कलेजो फोक्सो खराब भयो भने के हुन्छ ।

                  तपाईको अमुल्य शरिरको पनि त्यति नै ख्याल गर जति तपाई आफ्नो मोबाइल , बाईक अथवा अन्य चिजवस्तुको ख्याल गर्छौ । गाडी मोबाइल , बाईक अथवा अन्य चिजवस्तु त तपाई अरु पनी किन्न सक्छौ । निरोगी र स्वस्थ शरिर कहिल्यै दोस्रो किन्न सक्छौ । आज तपाइ दुईचार पैसा आउने लोभमा कमशल खालको खाने कुरा खान्छौ ।  गुणस्तरहिन समान प्रयोग गर्छौ,कामदार वा खेताला राखेर गर्न सकिने काम पनि आफै सकि नसकी गर्न तयार हुन्छौ । सधै हतार, सधै तनाब चाहे जतिसुकै हतार किन नगर कि तपाईले कुनै मान्छे आफ्नो चिहान भन्दा टाढा पुगेको देखेका छौ । एउटा कुरा सधै याद गर तपाईको घरमा खाना बनाउनको लागि तपाईले कामदार पनी राख्न सक्छौ । तपाईको घरमा लुगाधुन र भाँडा माझ्नको लागी पनि तपाईले कामदार राख्न सक्छौ । तर जुन दिन तपाई बिरामी पर्नेछौ, के तपाईले तपाईको लागी अस्पतालमा बिरामी बनेर सुतिदिनको लागी कसै खेतालालाई  राख्न सक्छौ । के तपाईले तपाईको लागी दुखाई सहीदिने कामदार राख्न सक्छौ । के तपाईले कसैलाई तपाइको सट्टामा चिहानमा जल्नको लागि पैसा तिरेर खरिद गर्न सक्छौ । अबश्य सक्दैनौ,जब तपाई बिरामी हुनेछौ तपाई एक्लै लाइ नै पर्नेछ । दुखाई सहन, अस्पतालको बेडमा सुत्न र जुन दिन तपाई अकालमै मर्नेछौ,तपाईले नै पर्ने छ । मृत्यु सैयामा  जल्नु यसको अर्थ धन पैसा कमाउ तर स्वास्थ्य बिगारेर हैन । रमाईलो गर मोजमस्ती गर तर स्वास्थ्य बिगारेर हैन । खाउ मिठा मिठा खानेकुरा तर स्वास्थ्य बिगारेर हैन साह्रै मुर्ख नबन एकचोटी हेर आफैलाई तपाइ बाची बाची मर्दैछौ । के मरि मरि बाची रहेका छौ । म त चाहन्छु मरी मरी नबाचु । बरु बाची बाची मरु । सधै  याद राख जिन्दगीका दिमाग हल्लाईदिने सत्यहरु लाई जुन दिन तपाईको मृत्यु हुन्छ   । तपाईको पैसा बैङ्कमा नै रहन्छ । तपाइलाई जिउदो हुदा लाग्छ कि तपाई सित खर्च गर्न प्रयाप्त धन छैन । जब तपाई जान्छौ,तब धेरै धन पैसा खर्च नगरेर बचेर रहन्छ । धेरै आवश्यक छ कि धेरै अधिक  धन आर्जन गर्नु भन्दा अधिक जिवन बाच्न सिक ।

“यो त मेरो जिन्दगीको सानो अध्ययन मात्रै हो । कसैको दैनिकी दिनचर्या या जिन्दगी संग मिल्न गएमा संयोग मात्रै हुनेछ ।”

चर्चामा

सम्बन्धित समाचार