• होमपेज
  • बाजुरा बिशेष
  • राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

  • शनिबार, पुस ५, २०७६
राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

बाजुरा ५ पौष– बाजुरा  सहित देशभरका सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक पुन आजदेखी आन्दोलनमा हुमीएका छन् ।  राहत शिक्षक संघ जिल्ला कार्य समितिको आह्वानमा आन्दोलनका बिभिन्न चरणहरुको आह्वन गरिएको हो । केन्द्रीय कार्यक्रम अनुसार बाजुराका विभिन्न सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुपनि आन्दोलनमा उत्रिएका हुन् । सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा यस अघि गरीएका सम्झौता र सहमती कार्यन्वयन गर्नुपर्ने जस्ता माग राख्दै जिल्लामा गरिएको पत्रकार सम्मेलन मार्फत कार्यक्रमको घोषण गरेको  नेपाल राहत शिक्षक सघं जिल्ला कार्य समिति अध्यक्ष राधिका सिहंले  जानकारी दिएकी छन् । आफुहरुको माग पुरा गर्न सरकार उदाशीन देखिएकाले बाध्य भएर शैक्षिक हड्तालमा उत्रनु राहत शिक्षकहरुको भनाई छ । आन्दोलित समितिका अनुसार अनुभव वाफतको अंक घटाएको, र पेशलाई धारासाही बनाएको भन्दै बिभिन्न आन्दोलनका चरणहरुको घोषण गरेको राहत शिक्षक सघ बाजुराका सचिव कर्ण बहादुर थापाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । यस अघि बिभिन्न आन्तरिक छलफल, बिभिन्न शिक्षकका पेशगत संघ संगठनमा छलफल गरिएको भएको र यही १५ गते देखी क२० गते सम्म काठमाण्डौँमा बिशाल आन्दोलन गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसै गरि पुस ८ गते जिल्लाका बिभिन्न स्थानीयतह तथा श्रोत केन्द्र स्थरिय छलफल कार्यक्रमको आयोजना गर्ने लगायतका कार्यक्रम रहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार