शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बाजुरा बिशेष
  • साप्पाटाकी सुत्केरी र नवजात शिशुको हेलिकेप्टर बाट उद्धार

साप्पाटाकी सुत्केरी र नवजात शिशुको हेलिकेप्टर बाट उद्धार

  • बिहिबार, मंसिर २६, २०७६
सेयर गर्नुहोस् :
साप्पाटाकी सुत्केरी र नवजात शिशुको हेलिकेप्टर बाट उद्धार

स्वामीकार्तिक गाँउपालिका १ साप्पाटा कि २४ बर्षिय निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टर बाट उद्धार गरिएको छ । सुत्केरी ब्यथा लागेकी निर्मलालाई आफन्तले बुधवार कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । बच्चा उल्टो अबस्थामा रहेको थियो, जेनेतेन बुधबार नै बच्चा बाहिर निकाल्यौ, कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स गंगा खत्रिले वताएकी छन् ।
आमा र बच्चाको अबस्था जटिल भएपछि बिहिबार हेलिकेप्टर बाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकार गंगा प्रसाद न्याउपानेले वताएका छन् । हिजै बाट पहल गरेको हो, आज मात्र महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा उद्धार गरिएको प्रजिअले वताएका छन् । प्रमुख जिल्ला गंगा प्रसाद न्याउपानेलेको पहलमा सुत्केरी उद्धार हुन सफल भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले वताएको छ । त्यस्तै प्रदेश सांसद बल्देब रेग्मि, स्वामीकार्तिक गाँउपाकिा अध्यक्ष चिरिञ्जबि शाहिले समेत पहल गरेको केन्द्रले वताएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुयाउनु भन्दा पहिला नै आमाको अबस्था जटिल रहेको थियो । उनलाई सुत्केरी गराउन पनि निकै जोखिम रहेको थियो । बच्चाको उल्टो थियो, आमाको अबस्था निकै जटिल रहेको थियो, हेलिकप्टर बाट उद्धार गर्न ढिला हुने भएपछि स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको सहयोगमा सकुसल बच्चा जन्माउन सकेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा सञ्चालन भएको भए यो अबस्था हुने थिएन्, एक स्वास्थ्यकमीले वताए । गएको बर्ष आकस्मिक प्रसुति सेवा सञ्चालनको रकम फिर्ता पठाएको बुढिन्नदा नगरपालिकाले यो बर्ष पनि स्थापना गर्नका लागि कुनै पहल गरेको छैन् ।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले यो बर्ष पनि ३० लाख बिनियोजन भएपनि सञ्चालनका लागि कुनै पहल नभएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । गएको आर्थिक बर्ष ०७५।०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले वताएको छ । अहिले आएको ३० लाख रकम कर्मचारी राख्नका लागि नगरपालिकामा रकम आएको छ, साउन महिना बाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिले सम्म सञ्चालनमा आउन नसकेको बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् ।
गएको आथिर्क बर्षमा नगरपालिकाले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा रकम फिर्ता भएको थियो । एकजना प्रसुति रोग बिशेषज्ञ तथा दक्ष आकस्मिक प्रसुति चिकित्सक, एक जना स्टाफ नर्स, एक जना एनेथिसिया र एकजना कार्यलय सहयोगिको ब्यबस्थापन गर्नु पर्ने रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार