
धनगढी: सुदूरपश्चिम सरकारले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीले दिएको जानकारी अनुसार सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई ३० हजार दिने घोषणा गरिएको छ।
सबै प्रक्रिया पुरा गरेर सामाजिक विकास मन्त्रालयबाट रकम हस्तान्तरण गरिने उनले बताए। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) मा सुदूरपश्चिमका ८ खेलाडीहरुले जम्मा ११ स्वर्ण जितेका छन्।
साभार दिनेश खबर


