शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको छतारामा शान्तिपुर्ण मतदान

बाजुराको छतारामा शान्तिपुर्ण मतदान

  • शनिबार, मंसिर १४, २०७६
बाजुराको छतारामा शान्तिपुर्ण मतदान

बाजुरामा जिल्लाको त्रिवेणी नगरपालिका शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । बिहान ७ शुरु भएको मतदानमा मतदाताले भब्यमुक्त वाताबरणमा मतदान गरिरहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले वताएका छन् ।


बाजुरामा उप निर्वाचन एउटमा वडामा मात्र रहेको थियो । त्रिबेणी नगरपालिका १ मा वडा अध्यक्षको चुनाव भएको थियो । वडामा १ हजार ३९ मतदाता रहेको निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी विशाल पुडासैनीले वताएका छन् । उक्क्त वडाको उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन । दिउसो साढे २ बजे सम्म ६ सय ३८ जनाले मतदान गरेका छन् ।


तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिवेला जम्मा सात सय मत खसेको थियो । मतदान क्षेत्र र वडाभरी कडा सुरक्षाका बिचमा स्थानियले शान्तिपुर्ण रुपमा मतदान गरिहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार