शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • हिंसा विरुद्धका अभियान कहाँ चुके ?

हिंसा विरुद्धका अभियान कहाँ चुके ?

  • शुक्रबार, मंसिर १३, २०७६
हिंसा विरुद्धका अभियान कहाँ चुके ?

संगिता तिमिल्सेना– आर्थिक वर्ष २०७६÷७७ सुरु भएको ४ महिना बितेको छ । ४ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बाजुरामा घरेलु हिंसाका २६ र लैङ्गिक हिंसाका २० उजुरीहरु परेका छन् । जसमा २५ ओटा घरेलु हिंसाका उजुरीहरु मिलापत्र भएर टाँजोपाँजो लागाइसकिएका छन् भने १ उजुरी जिल्ला अदालत बाजुरामा प्रकृयामै रहेको छ । लैङ्गिक हिंसाका सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालय बाजुरामै मिलापत्र गरिएका छन् । यसै आर्थिक वर्षमा जबरजस्ती करणीको १, आत्महत्याका ३, बालयौन दुराचारको १, जबरजस्ती करणी उद्योगका २, जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगको १ र ज्यान दुरुत्साहन सम्बन्धी १ गरी ४ महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय बाजुरामा बाजुरा जिल्ला भित्रका महिला तथा किशोरीले न्याय खोज्दै मुद्दा दर्ता गरेको र ती सबै मुद्दाहरु अहिले प्रकृयामै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा घरेलु हिंसाका ५० र लैङ्गिक हिंसाका २० उजुरीहरु परेका थिए । जसमा ४८ ओटा घरेलु हिंसाका उजुरीहरु मिलापत्र भएर टाँजोपाँजो लागाइसकिएका थिए भने २ उजुरी जिल्ला अदालत बाजुरामा प्रकृयामै रहेका छन् । यस आर्थिक वर्षमा पनि लैङ्गिक हिंसाका सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालय बाजुरामै मिलापत्र गरिएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा जबरजस्ती करणीको ९, झुण्डी आत्महत्याका ८, बालबिवाहको १, बहुबिवाहका ३, ज्यान दुरुत्साहन सम्बन्धी १, सार्वजनिक अपराधको १, सावरी ज्यानको १, भवितव्य ज्यानका ३, ठगीको १, सार्वजनिक नैतिक विरुको १, अमानविय व्यवहारको १, मानव बेचबिखन तथा ओसारपसार जवरजस्ती करणीको १ गरी ३२ मुद्दाहरु जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता भएका थिए । ती केही मुद्दाहरुले सफाई पाइसकेका छन् भने केही मुद्दाहर अदालतमा प्रकृयामै रहेका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा घरेलु हिंसाका ३५ र लैङ्गिक हिंसाका १६ उजुरीहरु परेका थिए । जसमा ३२ ओटा घरेलु हिंसाका उजुरीहरु मिलापत्र भएर टाँजोपाँजो लागाइसकिएका थिए भने ३ उजुरी जिल्ला अदालत बाजुरामा प्रकृयामै रहेका छन् । यस आर्थिक वर्षमा पनि लैङ्गिक हिंसाका सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालय बाजुरामै मिलापत्र गरिएका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा जबरजस्ती करणीको ७, जबरजस्ती करणीका २, कर्तव्य ज्यानको १, झुण्डी आत्महत्याका ६बहुबिवाहका १, सार्वजनिक अपराधका २, सावरी ज्यानको १, मानव बेचबिखन तथा ओसारपसारको १, गर्भपतनको १, ज्यान मार्ने उद्योगको १, कुटपिट अंगभंगको १, फुटकर ज्यानको १, घरेलु हिंसको १ गरी २५ वटा मुद्दाहरु जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता भएका थिए । ती केही मुद्दाहरुले सफाई पाइसकेका छन् भने केही मुद्दाहरु अदालतमा प्रकृयामै रहेका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०७३÷०७४ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा घरेलु हिंसाका ४६ र लैङ्गिक हिंसाका २४ उजुरीहरु परेका थिए । जसमा ४३ ओटा घरेलु हिंसाका उजुरीहरु मिलापत्र भएर टाँजोपाँजो लागाइसकिएका थिए भने ३ उजुरी जिल्ला अदालत बाजुरामा प्रकृयामै रहेका छन् । यस आर्थिक वर्षमा पनि लैङ्गिक हिंसाका सबै उजुरीहरु जिल्ला प्रहरी कार्यालय बाजुरामै मिलापत्र गरिएका थिए । आर्थिक वर्ष २०७३÷०७४ मा जबरजस्ती करणीको ४, जबरजस्ती करणीका उद्योगका २, बालबिवाहका ३, झुण्डी आत्महत्याका ३, सार्वजनिक अपराधका १, सावरी ज्यानका २, ज्यान मार्ने उद्योगको १, भवितव्य जयानको १, बेवारिसे फुटकर ज्यान, सवारी ज्यानका २, विष सेवनको १, कुटपिट अंगभंगको १ गरी २४ वटा मुद्दाहरु जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्दा दर्ता भएका थिए । ती केही मुद्दाहरुले सफाई पाइसकेका छन् भने केही मुद्दाहरु अदालतमा प्रकृयामै रहेका छन् ।
यो जिल्ला प्रहरी कार्यालय बाजुरामा रहेको महिला सेलतर्फको तथ्यांक हो । यो तथ्यांक हेर्दा हरेक वर्ष हिंसाका घटना बढ्दै गइरहेको पाइएको छ । हरेक वर्ष हिंसा विरुद्धका नाराहरु कडाईका साथ गुिञ्जन्छन् । हिंसा पिडीत महिलाहरुका मुद्दाहर बढीरहेका छन् । हिंसा विरुद्धका अभियान संचालन गर्दा हिंसा पिडक र पिडीत दुवैलाई सजक गराउन आवश्यक देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार