• होमपेज
  • समाचार
  • अर्घाखाँची बस दुर्घटना अपडेट : चालकसहित १९ जनाको मृ-त्यु (नाम र ठेगाना सहित)

अर्घाखाँची बस दुर्घटना अपडेट : चालकसहित १९ जनाको मृ-त्यु (नाम र ठेगाना सहित)

  • शुक्रबार, मंसिर १३, २०७६
अर्घाखाँची बस दुर्घटना अपडेट : चालकसहित १९ जनाको मृ-त्यु (नाम र ठेगाना सहित)

अर्घाखाँची जिल्लाको नरपानी रातामाटामा मङ्सिर ११ गते बुधबार दिउँसो भएको बस दुर्घटनामा परि कपिलबस्तु निवासी चालक बसन्त थापाको पनि नि-धन भएको छ । अर्घाखाँचीको नरपानीमा मङ्सिर ११ गते भएको बस दुर्घटनामा ज्यान गुमाउने कपिलवस्तुको चपरगाउँकी सिता बस्नेत, सन्धिखर्क नगरपालिका ७ डिहिडाँडाका बलराम भट्टराई, शिवलाल भट्टराई र माया पुरी, कपिलबस्तु बाणगंगा नगरपालिका ७ वनगाईका २ महिने बालक शोभाखर पोख्रेल परेका छन् ।

तेस्तै शितगंगा वडा २ की सन्त बहादुर बस्नेत र सिता बस्नेत, वडा १ की मन्जु बिक र वडा ७ का लोक बहादुर दर्जी र हरी बहादुर दर्जी, भूमिकास्थान नगरपालिका वडा ९ का शैलेस थापा, सिता घिमिरे, बिष्णुमाया गैरे, वडा १० का छवीलाल गैरे र वडा ७ का मैघनाथ जैशी भण्डारी परेका छन् ।

तेसैगरी गुल्मी मदने गाउँपालिका २ का वसन्त भन्ने ओम बहादुर थापा, सन्धिखर्क नगरपालिका ७ खाचिकोट काउलेकी मोनिका खड्का, गुल्मी धुर्कोट गा.पा.२ पलधारा साबिक ३ बन्ज्याङका राज कुमार महत, सन्धिखर्क नगरपालिका २ की सिता कुमारी सार्की, छत्रदेव गाउँपालिका ८ की कृष्ण बहादुर सुनार लगायतका व्यक्तिहरु परेका छन् ।

उक्त फोटोमा बीचका चालक बसन्त थापा हुन् भने महिला कपिलवस्तुको चपरगाउँ की सिता बस्नेत हुन् भने आर्का युवा भूमिकास्थान नगरपालिका वडा ९ का शैलेस थापा हुन् ।

चर्चामा

सम्बन्धित समाचार