• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • धनगढी विमानस्थल एक महिना आशिंक बन्द हुने

धनगढी विमानस्थल एक महिना आशिंक बन्द हुने

  • शनिबार, कार्तिक ३०, २०७६
धनगढी विमानस्थल एक महिना आशिंक बन्द हुने

धनगढी — धनगढी विमानस्थल भोलीदेखि एक महिनासम्म आशिंक रुपमा बन्द रहने भएको छ। धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको कामलाई निरन्तरता दिन भोलीदेखि एक महिनाका लागि विमानस्थल आशिंक रुपमा बन्द गर्न लागिएको हो।

गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरलेको काम बाँकी रहेकोले त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ।विमानस्थल बन्द हुने भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन्।दैनिक ४ घण्टाका लागि बन्द हुने भए पछि यात्रुहरुलाई असहज हुने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार