शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • सफा अभियानमा सदरमुकाम मार्तडी

सफा अभियानमा सदरमुकाम मार्तडी

  • शनिबार, कार्तिक २३, २०७६
सफा अभियानमा सदरमुकाम मार्तडी

सदरमुकाम मार्तडीमा सफा अभियान शुरु भएको छ । बडीमालिका नगरपालिकाले सुरु गरेको मार्तडी गौरव अभियानलाई सहयोग पुग्ने गरी शनिबार देखि सफा मार्तडी अभियान सुरु भएको छ ।
नगरपालिकाको–८ वडाले शनिबार देखि सफा मार्तडी अभियानलाई अघि सारेको वडाध्यक्ष प्रकाश रावलले वताएका छन् । सफा र स्वच्छ नगर बनाउने उद्देश्यका साथ अभियान संचालन गरिएको अध्यक्ष रावलले वताए । शनिवार बिहान सदरमुकाम मार्तडीको बिच बजारको सरसफाई गर्नुका साथै फोहोर जथाभाबी नफाल्ने ब्यबस्थित गर्न स्थानियलाई समेत आग्रह गरिएको थियो ।


वडाका क्षेत्रमा पर्ने मुख्य सडक र अन्य सडकहरुमा जताततै फोहर देखिन थालेकाले सफा अभियान सुरुवात गर्र्नु परेको अध्यक्ष रावलले वताएका छन् । नगरपालिकाले हरेक शनिबार बजार सरसफाई गर्ने गरी मार्तडी सरसफाई गौरव अभियान संचालन गरेको डेढ वर्ष वित्न थालेको छ । नगरपालिका क्षेत्रमा बसोबास गर्ने उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी कार्यालययका कर्मचारी र सर्वसाधारणको सहभागीतामा अभियानलाई साथ दिदै आएको नगर उप प्रमुख कविता विष्टले वताईन् ।
उपप्रमुख बिष्टले भनिन् ‘सफा र स्वच्छ नगर खुसी नगर बनाउन अभियानको सुरुवात गरिएको हो ।’ नगरपालिकामा संचालन भइरहेको पुर्ण सरसफाई अभियानलाई सहयोग गर्ने र अभियान वडा हुदै नगरपालिका र जिल्लामा समेत संचालन गर्ने तयारीका साथ अघि सारेको छ ।


नगरपालिकामा युएन हेविटेड र युनियसेफको आर्थिक सहयोगमा पुर्ण सरसफाई अभियान संचालन भइरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल वि.क.ले वताएका छन् । जिल्लाको सदुरमुकाम भएकाले सरसफाईलाई मध्येनजर गर्दै विभिन्न अभियान गर्नु परेको निमित्त विकले थपे ।
वडा कार्यालयको नेतृत्वमा शनिबारदेखि वडाका कार्य क्षेत्र भित्रका टोलटोल र बजार क्षेत्रको नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, होटल व्यवसायी, राजनिक दल समेतको सहभागितामा सफा मार्तडी अभियान संचालननमा ल्याइएको अध्यक्ष वडाअध्यक्ष रावलले वताए ।
प्रत्येक वडामा सरसफाई अभियान संचालनका लागि नगरपालिकाले बजेटको व्यवस्था गर्ने नगर उप प्रमुख कविता विष्टको भनाई रहेको छ । समृद्ध नगर बनाउका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईका कार्यक्रम नगरपालिकाले विशेष प्राथमिकताका साथ अघि सार्दै आएको नगर उप प्रमुख विष्टले थपिन् ।
नगर सफा बनाउने कार्यमा नगर प्रमुख पदम बडुवाल समेत आफै फोहर उठाउने कार्यमा संलग्न हुने गरेको बताइएको छ । नगर प्रमुख र उप–प्रमुख समेत सरसफाईमा लाग्ने भएकाले अन्यले समेत सरसफाईमा साथ दिने गरेको नगरपालिकाका सूचना अधिकारी हेम थापाले वताए ।

चर्चामा

सम्बन्धित समाचार