• होमपेज
  • बडिमालिका
  • बडिमालिका युवा सूचना केन्द्रमा हेलो युवा कार्यक्रम सञ्चालन

बडिमालिका युवा सूचना केन्द्रमा हेलो युवा कार्यक्रम सञ्चालन

  • मङ्लबार, कार्तिक ५, २०७६
बडिमालिका युवा सूचना केन्द्रमा हेलो युवा कार्यक्रम सञ्चालन

बडिमालिका नगरपालिका,सेभ द चिल्डे्न र पीसविन बाजुरा अन्र्तगत युवा सशक्तिकरण बुलगारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा बडिमालिका नगर स्तरिय युवा सञ्जालद्धारा सञ्चालित बडिमालिका युवा सूचना केन्द्रमा हेलो युवा कार्यक्रम सुरु भएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालद्धारा क्बmकगलन न्बबिहथ ब्ज्ञण् मोबाईल र टोल फ्रि नम्बर १६६०९७५४००१ नम्बर सहित हस्तान्तरण सहित आजबाट कार्यक्रम सञ्चालनमा आएको हो । बडिमालिका युवा सुचना केन्द्र २०७४ साल मंसिर २७ गते सेभ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको हो । नगर भित्रका र जिल्लामा रहेका युवा तथा बालबालिकाहरुको सिप विकास तथा क्षमता अभिबृद्धि गर्ने तथा अहिलेको आधुनिक युग अनुसारको युवा शक्ति निर्माण गर्नको लागि जिल्ला कै नमुनाको रुपमा युवा सूचना केन्द्र स्थापना गरिएको हो । हाल सम्म बडिमालिका युवा सुचना केन्द्रले बडिमालिका नगरपालिका भित्रका तथा जिल्ला भरिका युवाहरुलाई सस्तो तथा सुलभ रुपमा सूचना तथा अन्य सेवा निरन्तर दिदै आएको सुचना केन्द्र व्यवस्थापक तथा प्रशिक्षक जय बहादुर रावतले बताएका छन् । युवा सूचना केन्द्रलाई थप युवा लक्षित तथा प्रभावकारी सूचना सम्प्रेषणका लागि सेभ द चिल्ड्रेन र पीसवीन बाजुराको सहयोगमा हेलो युवा कार्यक्रम युवा तथा बालबालिकाको समस्या तथा आवश्यकतालाई मध्ये नजर गरी टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । कार्यक्रमबाट युवाहरुले नगरपालिका तथा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट पाउने सेवा सुविधा तथा रोजगारका अवसरहरुलाई सहज रुपमा फोन मार्फत निशुल्क सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बडिमालिका युवा सूचना केन्द्र व्यवस्थापन समिति अध्यक्ष प्रशान्तराज जोशीले बताउनुभएको छ । फोन गर्दा पैसा नलाग्ने र युवा तथा बालबालिकाका गुनासा फोन मार्पmत कार्यालय समय वा विहान १० बजे देखि साँझ ५बजे सम्म टिपाउन सकिने व्यवस्था गरिएको छ । युवाहरुका लागि आधुनिक तथा प्रविधीको विकास गराउन हेलो युवा कार्यक्रम सञ्चालन गरिएको सेभ द चिल्ड्रेन जिल्ला कार्यक्रम अधिकृत प्रेम पुनले बताउनुभएको छ । १८ बर्ष देखि ४० बर्ष समुहका युवाहरु तथा अभिभावकहरुका लागि बढी लाभान्वित गराउने उद्देश्य कार्यक्रमको रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार