शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

  • शनिबार, अशोज २५, २०७६
सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

काठमाडौंँ – स्थानीय  जलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक गुणनिधी लम्साल भक्तपुरको कमलबिनायकमा रहेका आफ्ना बिरामी भिनाजु भेटनको लागि शुक्रबार बिहान सिपाटारबाटबाट बस चढे ।

दसैंमा टीका थाप्न आएका उनका ज्वाइँ समेत बसमा सँगै यात्रा गर्दै थिए । बस कोचाकोच थियो । अन्तिमको भन्दा अगाडिको सिटमा लम्साल बसेका थिए । ‘दुर्घटना हुनुभन्दा अगाडि बस तीव्र गतिमा कुदयो,  त्यसपछि रोकिए जस्तो भयो,’ धुलिखेल अस्पतालमा उपचाररत लम्सालले रातोपाटीसँग भने ।

बसले दुइ–तीन बल्ड्याङ खायो, तल पुगेर रोकियो, यति हुँदासम्म पनि लम्साललाई खासै चोट लागेको थिएन । उनको औला र शरीरमा केही चोटमात्र लागेको थियो । उनले दुर्घटनाको स्मरण गर्दै भने, ‘बाहिर निस्केपछि हेर्दा हेरिसक्नु भएन, मैले फोनबाट अरुलाई जानकारी गराए ।’

यो पनि
अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

दसैं भएकाले अधिकास गाउँबाट काठमाडौ फर्कने, माइती, मामाघर, ससुराली र आफन्तका गएकाहरु घटना परेका छन्  । काठमाडौंँको जोरपाटीमा रहेको मनकामना स्कुल पढने कृति कुँवर र उनकी बहिनी रक्षा (ठुली ममिकी छोरी) सिपापोखरे मामाघरमा दशै मनाउन गएका थिए । बस खस्दा कृतीलाई अरु कसैले झ्यालबाट बाहिर फालिदियो ।

बहिनी भने भित्र नै भइन । तर भाग्ने क्रममा उनी सानी भएकाले धेरैले कुल्चिए । मुहार र अन्यत्र सामान्य चोट भएका कुँवर दिदिबहिनी एउटै पोशाकमा थिए । बसमा सवार प्रत्यक्षदर्शीका अनुसार बसमा ८० बढी यात्रु थिए ।

बसमा बालबालिकाको संख्या निकै थियो ।  त्यसैले एउटा सिटमा  ४ जनासम्म कोचिएर बसेका थिए । छतमा धेरै यात्रु थिए । केहीले भने छतबाट हामफलेर ज्यान जोगाएको समेत घाइतेले बताए ।

कच्ची सडक क्षमता भन्दा चौब्बर यात्रु र यान्त्रिक खराबीका कारण बस दुर्घटना भएको स्थानीयको भनाइ छ । शुत्रबार विहान सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटना अहिलेसम्म १४ जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौ आउदै गरेको बस इद्रावती गाउँपालिका-१० तिखुको मोडमा बस दुर्घटना भएको थियो । सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो पनि

सिन्धुपाल्चोक दुर्घटना : ३९ सिट क्षमताको गाडीमा ८० बढी यात्रु !

सनाखत भएकाहरु

१) जुना देवी लम्साल (इन्द्रावती गाउँपाकिका)

२) बिनोद लम्साल( इन्द्रावती गाउँपालिका)

३) हिरा श्रेस्ठ (इन्द्रावती गाउँपालिका)

४) सुवाश तामाङ ( ईन्द्रावती गाउँपालिका)

५) अनुज तामाङ(इन्द्रावती गाउँपालिका)

६) मिना मगर (इन्द्रावती गाउँपालिका)

७) सुमित पुर्कोटी (इन्द्रावती गाउँपालिका)

८) रितेश आचर्य( इन्द्रावती गाउँपालिका)

९) केदार श्रेस्ठ (बनेपा, चालक)

१०) संगिता मिजार (काभ्रे)

११) सुमिता श्रेष्ठ  बार्ह्बिसे सिन्धुपाल्चोक

चर्चामा

सम्बन्धित समाचार