• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ५ मा

बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ५ मा

उपाधी जित्ने ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्

  • शुक्रबार, अशोज १७, २०७६
बाजुराका पविन्द्र लोक स्टारको उत्कृष्ट ५ मा

नेपाल लोक स्टारको उत्कृष्ट ५ मा बाजुराका पविन्द्र सुनार परेका छन् । शुक्रवार भएको अडिसनमा उत्कृष्ट ५ को छनोटमा पविन्द्रले सुरक्षित स्थान बनाएका हुन्, । बाजुरा मात्र नभई शुदुरपश्चिम प्रदेश बाट नेपाल लोक स्टारमा पविन्द्र सुनार मात्र रहेका छन् ।
सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए ।
अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

चर्चामा

सम्बन्धित समाचार