शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खेलकुद
  • बंगलादेशलाई २-१ ले हराउँदै भारत साफ यू-१८ च्याम्पियनशिपकाे विजेता

बंगलादेशलाई २-१ ले हराउँदै भारत साफ यू-१८ च्याम्पियनशिपकाे विजेता

  • सोमवार, अशोज १३, २०७६
बंगलादेशलाई २-१ ले हराउँदै भारत साफ यू-१८ च्याम्पियनशिपकाे विजेता

काठमाण्डाै : तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । आइतबार सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गरेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतका विक्रम पर्तापले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए । तर भारतको त्यो अग्रतालाई ४० औँ मिनेटमा बंगलादेशका यसिनले गोल गर्दै बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा दुवै टिमले १-१ गोल गर्दा बंगलादेशका खेलाडीले दुई वटा रेड कार्ड र भारतका एक जना खेलाडीले एउटा रेड कार्ड पाए । दोस्रो हाफको ९१ औँ मिनेटमा भारतका रवि बहादुर रानाले टिमका लागि निर्णायक गोल गरे । बंगलादेशले गोल फर्काउन नसक्दा भारत विजेता बन्यो ।

चर्चामा

सम्बन्धित समाचार