• होमपेज
  • बाजुरा बिशेष
  • सदरमुकामका सरकारी कार्यलयमा आर्थिक सहयोगका लागि बिप्लवको पत्र

सदरमुकामका सरकारी कार्यलयमा आर्थिक सहयोगका लागि बिप्लवको पत्र

  • आइतवार, अशोज ५, २०७६
सदरमुकामका सरकारी कार्यलयमा आर्थिक सहयोगका लागि बिप्लवको पत्र

बिष्लव माओवादीले चन्दा संकलन तिब्र पारेका छन् । गाँउमा बढि केन्द्रित भएका बिप्लव समुह सदरमुकाममा रहेका सरकारी कार्यलय र ब्यापारिलाई समेत चन्दाको माग गर्दै पत्राचार गरेका छन् । कुनै कार्यलयमा हुलाक मार्फत पठाएका छन्, कुनै कार्यलयमा प्रमुखको कार्यकक्षमा छोडेको खुल्न आएको छ ।
बिप्लवको स्कायन हस्ताक्षर मार्फत आर्थिक सहयोग माग गरिएको नाम नभन्ने सर्तमा एक कार्यलय प्रमुखले वताएका छन् । बिप्लवले कर्मचारी ब्यापारी र जनप्रतिनिधिलाई अनिवार्य चन्दा माग्ने गरेको पाईएको छ । सरकारले बिप्लप माओवादीलाई प्रतिबन्द गरे सँगै उनिहरुले चन्दा आतंक तिब्र पार्दै आएको स्थानियले वताएका छन् ।
बिद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि, ब्यापारिलाई चन्दा माग्न शुरु गरेका हुन् । गाँउका प्रत्येक बिद्यालयमा गएर सरहरु बाट पैशा संकलन गर्ने गरेको एक शिक्षकले वताएका छन् । एक वडाअध्यक्षले नाम नभन्ने सर्तमा भने आफुलाई एक महिनाको तलब मागेको बताएका छन् । एक महिना तलब २२ हजार नै सहयोग गर्नु परयो, भनेका छन्, दिएको छैन्, केही दिनमा फेरी आउने भनेर गएको वताएका छन् । अरु जनप्रतिनिधिलाई पनि माग्ने गरेको उनले वताए ।
चन्दा मागेर हैरान पारिसके बाध्यता भएर पनि दिनै परयो बिद्यालयका एक शिक्षकले वताएका छन् । त्रिबेणी नगरपालिकामा रहेको एक स्वास्थ्य संस्था बाट ५ हजार दिएको स्वास्थ्यकर्मीले वताएका छन् । सरकारले प्रतिबन्द गरेपछि बिप्लप माओवादी अहिले गाँउ केन्द्रित भएर चन्दा संकलनमा लागेका छन् ।
नाम नभन्ने सर्तमा एक ब्यापारिले भने अनिवार्य चन्दा तोकेका छन्, नदिदा सम्म मान्दैनन्, अनि बाध्य भएर दिनु परेको वताए । पुरानै द्धन्दका झै उनिहरु पैशा माग्ने गरेको उनले वताए । बिप्लप माओवादीले चन्दा आतंक बढाउदै गएपछि स्थानिय तहका कर्मचारी त्रसित भएका छन् । योजना, ठेक्का र कर्मचारी बाट अनिवार्य जस्तै गरेको एक कर्मचारीले वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले भने कार्यलयमा आर्थिक सहयोगका लागि पत्रचार गरेको पाईएको वताए । बुढिगंगा १ का ४९ बर्षिय सौरे सनाईलाई चिठि सहित जिल्ला प्रहरी कार्यलय बाजुराले प्रक्राउ गरेको छ ।
बिप्लवले बाजुराका ७ वटा एरीया बिभाजन गरेर संगठन बिस्तार गरेको बुझ्न आएको छ । बाजुरामा माओवादीका ५ सय ३७ पुर्व लडाकु मध्ये १ सय ४७ जना बिप्लप सँग रहेको उनिहरुको दाबि रहेको छ । बटालियन कमाउन्डर सम्म आफ्नो पाटीमा रहेको बिप्लवका एक नेताले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार