• होमपेज
  • समाज
  • ग्रेडबृद्धि परिक्षामा बाजुराबाट एक हजार सात सय बिद्यार्थी सहभागी हुदैँ

ग्रेडबृद्धि परिक्षामा बाजुराबाट एक हजार सात सय बिद्यार्थी सहभागी हुदैँ

  • आइतवार, साउन २६, २०७६
ग्रेडबृद्धि परिक्षामा बाजुराबाट एक हजार सात सय बिद्यार्थी सहभागी हुदैँ

रमित वि.क.
बाजुरा साउन,२६
आगामी भाद्र एक गतेबाट सञ्चालन हुने एसईई पुरक (ग्रेडबृद्धि) परिक्षामा बाजुरा १ हजार ७ सय बिद्यार्थी सहभागी हुने भएका छन् । जसमा अनिवार्य अंग्रेजी ११ सय ९० जना,नेपाली १ सय ४१ जना,गणित १ हजार ५ सय ८८,विज्ञान ५ सय ९३,सामाजिक १ सय ४५,स्वास्थ्य शारीरिक ७६ जना रहेका छन् ।
त्यस्तै ऐच्छिक प्रथम अर्थशास्त्रमा ५ सय ३९, जनसंख्या तथा शिक्षा २,गणित ५९,शिक्षा २४,लेखा २ जना रहेका छन् भने ऐच्छिक द्धितिय कम्प्यूटर विज्ञान २,भूगोलमा १ जना र स्वास्थ्य शारीरिकमा ५ जना गरी जम्मा १ हजार ७ सय बिद्यार्थी परिक्षामा सामेल हुने जिल्ला विकास तथा समन्वय इकाई बाजुराका प्रमुख गोपालदत्त जोशीले बताएका छन् ।
यस अघिका वर्षहरुमा साउन महिनाको दोस्रो हप्ताबाट सुरु हुने एसईई पुरक (ग्रेडबृद्धी) परिक्षा यो वर्ष भाद्र १ गतेबाट सुरु भई ११ गते सकिने भएको छ । एसईई पुरक (ग्रेडबृद्धी) परीक्षामा बाजुराका ६२ वटा बिद्यालय मध्ये ६० वटा विद्यालयका परीक्षार्थीहरु परिक्षामा सहभागी प्रमुख जोशीले बताएका छन् ।
उनका अनुसार एसईई पुरक (ग्रेडबृद्धी) का लागि आवेदन फारम नभरेका २ वटा बिद्यालयका बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका हुन् । गत चैत १० गते सञ्चालन गरिएको यस बर्षको एसईईको परिक्षामा बाजुराबाट ४ हजार बिद्यार्थी परिक्षामा सहभागी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार