बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • १३ वर्षअघि नै मृत्यु भइसकेका व्यक्ति पनि समायोजनको सूचीमा

१३ वर्षअघि नै मृत्यु भइसकेका व्यक्ति पनि समायोजनको सूचीमा

  • बुधबार, बैशाख ४, २०७६
१३ वर्षअघि नै मृत्यु भइसकेका व्यक्ति पनि समायोजनको सूचीमा

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको कर्मचारी समायोजनको सूचीमा गम्भीर त्रुटि भेटिएको छ। १३ वर्षअघि मृत्यु भइसकेका डडेल्धुराका एक जना तत्कालीन अहेब समेत समायोजनको सूचीमा परेका छन्।

डडेल्धुराका तत्कालीन अहेब टेकबहादुर पाल कर्मचारी समायोजनको सूचीमा परेका हुन्। उनको २०६३ साल माघ २७ गते मृत्यु भएको थियो।

उनलाई डडेल्धुराको परशुराम नगरपालिकास्थित हेल्थ पोस्टमा समायोजन गरिएको छ।

मन्त्रालयले जारी गरेको कर्मचारी समायोजन अन्तर्गत स्वास्थ्यतर्फको चौथो तहका कर्मचारीको सूचीमा मृत्यु भइसकेका पालको नाम समावेश गरिएको हो।

साभार स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार