बुधबार, मंसिर १९, २०८१

मुक्तक

  • मङ्लबार, साउन १४, २०७६
मुक्तक
कलक रोकाया सानु

१. गाउँ फर्के अब कैले शहर आउदैन ।

मनभित्र बाेल्ने मिठा बहर आउदैन।।

कति खुशि हुन्थे हाेला चाहे पछि ।।।

तर रमाउने आजकाल रहर आउदैन।।।।

२. दिल भित्र मन्द मुस्कान लुकाउनु किन ।

लजाएर बन्द आखा टाउकाे झुकाउनु किन।।

कल्पना गरे उकुस मुकुस भय म त ।।।

भेट नहुदै मायाकाे पाेकाे फुकायाै किन।।।।

३. थरीथरी भाषा बाेल्न सकेकाे छैन ।

मनकाे कुरा खाेल्न सकेकाे छैन।।

शहरमा सबैकाे मूल्य बृद्धि हुदा सानु ।।।

कति बड्याे भाउ माेल्न सकेकाे छैन।।।।

– कलक राेकाया सानु

गाैमुल गाउपालिका ६ सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार