शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • महिला हिसांका घटना दिनप्रदिन बढ्दै

महिला हिसांका घटना दिनप्रदिन बढ्दै

  • बिहिबार, असार २६, २०७६
महिला हिसांका घटना दिनप्रदिन बढ्दै

नन्दा थापा
बाजुरा २६ असार
जिल्लामा पछिल्लो समयमा महिला हिसांका घटना बढ्दै गरको एक कार्यक्रमका सहभागिले बताएका छन् । आफूमा भएको हिसां सहन नसकेका मात्र न्यायमा पुगेको, धेरैजसो घरमै हिसां सहेर बसेका र मिलापत्र भई टुङ्गिने गरको गरको उनीहरुले बताएका छन् । महिला माथि भएका जति हिसां हुन्छन् सबै न्यायका लागि न्यायिक निकायमा पुग्ने भने अझै घटनाले ठुलो रुप लिने जिल्ला स्वास्थ्य कार्यलयका डा. रोहित गिरीले बताउनु भएको छ । उहाँले पीडीत स्वास्थ्य चेकजाँचको लागि आफु कहाँ आएर सेवा लिएपछि पछुताउने गरेको बताउनु भएको छ । आफूकहाँ आईसकेपछि न्यानिक निकायमा नपुगेको सम्मका घटना आफु यथावत रहेको उहाँको भनाई छ ।
लैङ्गिक हिसां सम्वन्धि एकद्धार संकट व्यवस्थापन समितिको बैठक तथा समिक्षा कार्यक्रममा हिसां पीडीत महिलाहरुको क्षेत्रमा काम गर्ने न्यायीक निकायमै एकै तथ्याङ्क नभेटिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश सिहले बताउनु भएको छ । यो हुनुको कारण विचमै मिलोमतोमा घटना टुङ्गिने गरेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यलयको सभाहलमा आयोजना गरिएको समिक्षा कार्यक्रमा जिल्ला प्रहरी कार्यलय बाजुराले आर्थिक वर्ष २०७५÷७६ मा महिला सम्वन्धिका ३० वटा घटना दर्ता भएको देखाईएको थियो भने सेभ हाउसले जिल्ला प्रहरीबाटै आएको ३४ जना देखाएकोमा ४ जनाको घटना बिचबाटै टुङ्गिएको देखाईएको छ ।
कार्यक्रममा आ.व.२०७५÷७६ जिल्ला प्रहरी कार्यलयमा महिला माथि भएका विभिन्न ३० घटना दर्ता भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी निरीक्षक जनकराज ढुगांनाले बताउनु भएको छ । त्यस्तै सेभ हाउसमा १ सय १० जना र आमासंगै ३८ जना बच्चा गरी १ सय ४८ जनाको घटना दर्ता भएको काउन्सीलर सन्तोशी दानीले बताउनु भएको छ ।
उमेर समुह अनुसार सबैभन्दा बढी २० देखि २९ वर्षसम्म, जातजातीमा बाहनक्षेत्री, हिसांमा मानसिक यातनाका घटना सेभहाउसमा आएको दानीले बताउनु भएको छ । त्यस्तै जजक १२, योनजन्य ३ शारिरीक यातनाा ३२ स्रोतसाधन ३२ र मानसिक ५३ वटा घटना सेभहाउसमा दर्ता भएको बताईएको छ ।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको बैठक तथा समिक्षा कार्यक्रममा अब आगामी दिन महिला माथि हुने हिसां न्युनिकरण तथा व्यवस्थापनको लागि सरोकारवाल निकायले समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारले महिला हिसांका न्युनिकरणका लागि सेभ हाउसमा आएको बजेट स्रोत साधनको लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार