• होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

  • बुधबार, असार २५, २०७६
कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु भएको हो। गत असार १३ गते विद्यालय बाहिर साथीसँग झगडा गरेको विषयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेका थिए। कुटपिट बाट घाईते कलौनीको उपचारका क्रममा भारतको वरेली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। विद्यालयका ‘प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कलौनीलाई कुटपिट गरेको बताईएको छ।
साभार दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार