
वीरगन्ज २४ असार । मोरङ जिल्लाको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भएपनि प्रहरीले भन गुपचुप राखेको थियो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप बास्तोलामाथि छ ।
