• होमपेज
  • समाज
  • बिरामीको घरमा पुगेर सेवा दिन्छन, चिकित्सक डा. महर्जन

बिरामीको घरमा पुगेर सेवा दिन्छन, चिकित्सक डा. महर्जन

  • बिहिबार, असार १९, २०७६
बिरामीको घरमा पुगेर सेवा दिन्छन, चिकित्सक डा. महर्जन

प्रकाश सिंह
बाजुरा, १९ असार
बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने रघु सार्कीका छोरा उपचार अभाबमा अलपत्र परेको समचार प्रकाशित पछि डा. दुर्गा महर्जन घरमै पुगेर बिरामीको चेक जाँच गरे । उनले तत्काल गर्न सक्ने उपचार सबै गरे, थप उपचारका लागि तिनिहरुलाई काठमाडौ लैजान सल्लाह गरे ।
डा. दुर्गा महर्जन एमडिजिपि (MDGP) चिकित्सक हुन् । दुई बर्ष पहिला निक सीमोनस इन्सुचियुट NIS (Nick simons Institute) नामक संस्थाले उनलाई जिल्ला अस्पताल बाजुरामा बसेर काम गर्ने गरि पठाएको थियो । तर उनलाई दिएको काम भन्दा उनि गाँउमै पुगेर बिरामीको सेवा समेत दिदै आएका छन् । महर्जन काठमाडौका शहरमा समेत राम्रो पैशा कमाउन सक्ने चिकित्सक हुन्, तर उनि बाजुरामा कम पैशा भएपनि सेवा दिदै आएको स्वास्थ्य कार्यलय बाजुराका परिवार नियोजन शुपरभाइजर सुर्य बिष्टले बताएका छन् ।
असार महिनामा मात्र शिबिर सञ्चालनका लागि हिमाली, जगन्नाथ, स्वामिकार्तिकखापर गाँउपालिका दुर्गम गाँउमा पुगेका थिए । उनि शिबिरमा मात्र बिरामी हेरेन्, आउन नसक्ने बिरामीलाई घरमै गएर चेकजाँच गरेर सेवा दिएको बिष्टले वताएका छन् । डा. मर्हजन जिल्ला अस्पताल बाजुरामा आईसकेपछि हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको अप्रेशन बाजुरामा पहिलो पटक सेवा सुचारु भएको थियो ।
ठुला शहरबजारमा पनि ठुलो अस्पतालले गर्ने शल्यक्रिया हो, महर्जनले बाजुरामै गर्दै आएका छन् । बाजुरा जिल्ला अस्पतालमा एमडिजिपि डा. दुर्गा महर्जन र डा. टिका राईको टोलि आएपछि बाजुरामा अप्रेशन सेवा सुचारु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । बाजुरा जिल्ला अस्पतालले न्युन शुल्कमा अप्रेशसन गर्ने गरेको छ । गरिब र पछाडि परेका बर्गलाई सहज रुपमा उपचार सेवा पाँउनका लागि न्युन शुल्लकमा उपचार गरेको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताए ।
डा. दुर्गा महर्जन र डा. टिका राइलाई निक सीमोनस इन्सुचियुट  नामक संस्थाले पठाएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा बाजुरा जिल्लामा अप्रेशन सेवा सुचारु गरेको थियो । बाजुरा जिल्लामा आकस्मिक प्रसुति सेवा दिनका लागि र अन्य अप्रेशनका लागि चिकित्सक नभएकाले संस्था बाट चिकित्सकको ब्यबस्था गरेको निक सीमोनस इन्सुचियुट का शुदुरपश्चिम कार्यक्रम संयोजक अाइस्ता शाहिले वताएका छन् । आकस्मिक प्रसुति सेवा, हाइड्रोसिल सेवा, एपेन्डिसाइटी, हरनिया, हड्डि भाच्चिएको लगायतको अप्रेशन भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार