• होमपेज
  • समाज
  • उपचार नपाएका बालक भन्छन्, अब मर्नु भन्दा अरु बिकल्प छैन

उपचार नपाएका बालक भन्छन्, अब मर्नु भन्दा अरु बिकल्प छैन

  • शुक्रबार, असार १३, २०७६
उपचार नपाएका बालक भन्छन्, अब मर्नु भन्दा अरु बिकल्प छैन

प्रकाश सिंह
बाजुरा, ३ असार
बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने दलित १५ बर्षका गोबिन्द्र सार्की आर्थिक अभाबमा रोग पाल्दै आएका छन् । दलितमा पनि उनको परिवार हलिया परिवार हुन्, आर्थिक अबस्था नभएका कारण उनले १० बर्ष रोग पालि रहेका छन् ।
दुबै खुट्टा संक्रमणले पिप जमेको छ, उपचार गर्न पैशा छैन्, उनका बुवा रंगु सार्कीले वताए । साहु महार्जनको हलो नजोते चुलोमा आगो बल्दैन । अभावका बाबजुद जेनतेन परिवार पालिरहेका छ, तर बच्चाको उपचा गर्न नसक्दा गोविन्दका दुबै खुट्टा पाकि रहेको रंगुले वताए ।
कक्षा ६ मा अध्यनरत गोबिन्द्र बिद्यालय जान समेत मन मान्दैनन् । शरिरमा गन्ध आउछ भनेर हेला गर्छन्, कोही त शरिरमै थुकि दिने गर्छन्, उनि बताउछँन् । अब आत्माहत्या गर्नु भन्दा अरु केही नभएको बिकल्प नरहेको वताए । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा विद्यालय र कक्षाकै साथीहरुबाट गोविन्द घृणा सहन बाध्य भएको दुखेसो पोख्छन् । कक्षामा साथीहरु कोही पनि आफ्नो नजिकैसमेत बस्न नचाहने भन्दै साथीहरुकै अपमान र हेलोहोचो सहनु पर्दा आत्म हत्याको सोच आउने गरेको उनले बताए ।
‘गाउँमा, स्कुलमा मलाई देख्यो कि सबैले थुक्छन् । अनि बाँचेर पनि के गर्नु जस्तो लाग्छ । घाउको पीडा र साथीहरुको हेलाले बाँच्नै मन छैन’ उनले आफ्नो बेदना सुनाए । यतिबेला गोविन्द र उनको परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । धेरै ठाँउमा पहल गर्दा पनि कतै बाट सहयोग नभएको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार