
प्रकाश सिंह
बाजुरा, १० असार
बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनमा २०७५ पौष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भयो । ज्यानमारा छाउगोठ भन्दै गोठ भत्काउने अभियान शुरु भयो । स्थानिय तह, प्रहरी, प्रशासन, नागरिक अगुवा समेत छाउगोठ भत्काउन लागे, तर त्यसको परिणाम ठिक उल्टा भएको छ । छाउगोठ भत्काएपछि अहिले छाउपडि ओडार र पालमा अशुरक्षित बस्दै आएका छन् ।
हिमाली गाँउपालिका १ बस्ने जौला रोकाया छाउपडि गोठ बस्न लागेको १३ बर्ष भयो । महिनावारी भएको समय देखिनै उनि घर अलगै गोठमा बस्दै आएकि थिइन् । तर गाँउका अगुवा महिलाले छाउपडि गोठ भत्काएपछि अहिले महिनावारी भएको बेला उनि अशुरक्षित तरिकाले घर बाहिर बस्दै आएकि छन् ।
गाँउलाई छाउपडि गोठ मुक्त घोषणा गर्नका लागि गाँउका अगुवा महिलाहरुले गोठ भत्काइ दिएपछि आफु गाँउ नजिकै रहेको ओडार, पाल र अशुरक्षित ठाँउमा बस्दै आएको जौलाले वताईन् । गोठ भत्काउन संस्थाका प्रतिनिधि र केही महिला नेताहरु आएर भत्काए घरमा बस्न घरकोले मान्दैनन्, अनि गाँउ नजिकै जंगलमा गएको ओडारमा बस्ने गरेको उनले वताईन् ।
उनि जस्तै गाँउका अन्य महिला छाउपडि गोठ भत्काएपछि कोही पलाष्टिको पालमा बस्दै आएका छन्, भने कोही महिला ओडारमा बस्दै आएका छन् । गोठामा बस्दै अलि त्यति ग्राहो हुदैन थियो, पालमा र ओडारमा बस्दा झन समस्या झेल्दै आएको छ अर्कि महिला बेलति बिकले भनिन् । गोठ भत्काएर गोठमुक्त गर्ने काम मात्र भयो । तर हाम्रा समस्या कसैले बुझेनन्, सेवा सुबिधा रोक्ने कार्यवाहि गर्ने भनेपछि गोठ भत्कायौ, तर अहिले झन गाँउ भन्दा टाढा पालमा बस्ने गरेको जौमाले वताईन् ।
हिरुकला बुढाकाले भनिन्, महिलाहरु छाउँ भएको बेला सुरक्षीत ठाउँमा बस्नु को त कुरै छोडौ छाउँ गोठ, ओडारमा ओड्ने ओछ्याउने कपडा समेत नपाएर चिसोमा कठ्याग्रिए र बस्नु पर्ने बाध्यतामा रहेका छन ।
जिल्लामा साविकका ७ वटा गाबिस छाउपडि गोठ मुक्त भएका छन् । तर छाउपडि गोठ भत्काएपछि गोठ बाट पाल र ओडारमा बस्दै आएका छन् । बुढिगंगा, जयबोग्शवरी, बाह्रबिस, कुल्देबमाण्डौ, कैलाशमाण्डौ, आटिचौर, बह्रमतोला गाँउका वडाहरु छाउपडि गोठ मुक्त गरिसकेका छन् । महिलाहरु त बुझने गरेका थिए, तर समाजका कारणले उनिहरु समस्यामा रहेको महिला तथा वालवालिका कार्यलयकि सामाजिक कार्यक्रता केशरी रोकायाले बताएकि छन् । गोठ भत्काउने अभियान भएपछि महिलाहरु झन समस्यामा परेको छन्, पहिला गोठमा बस्दा त्यति समस्या हुदैन थियो, अहिले ओडार र पालमा बस्दा झन समस्या भएको पाईएको सामाजिक कार्यक्रता रोकायाले वताईन् ।
छाउपडि गोठ मुक्त अभियानका लागि जिल्लामा सरकारी तथा गैर सरकारीले करोडौ खर्च गरिरहेको महिला तथा वालवालिका कार्यलय बाजुराले जनाएको छ । छाउपडि गोठ मुक्त अभियानका लागि चेतना फैलाउनका लागि साहस, एचआरसि, पिसवीन, युनिसेफ, सेभ द चिल्ड्रेन लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले काम गरिरहेका छन् । त्यस्तै महिला तथा वालवालिका कार्यलय, जिल्ला विकास समिति र गाबिसले समेत यो अभियानमा रकम खर्च गरीरहेका छन् । एकातिर जिल्लामा करोडौ रुपैया खर्च भएको छ अर्को तिर अबस्था ज्युका त्यु रहेको पाईएको छ ।
