बिशेष त सेलिब्रेटिहरुको जिबनका हरेक घाटनाक्रमलाई चासोका साथ हेरिन्छ । त्यसमा पनि प्रेम, बिवाह र सम्बन्ध विच्छेद जस्ता घटनाहरुले बढी चर्चा पाउने गरेको छ । आजकाल नेपाली समाजमा सम्बन्ध विच्छेद र बहुबिवाहको घटना बढ्दो छ । जसबाट कलाकारिता जगत पनि अछुतो रहन सकेको छैन । आज हामी हामी बहु विवाह गर्ने नेपाली सेलिब्रेटीहरुको चर्चा गर्दैछौ ।
भुवन केसी: कलाकार तथा निर्माता भुवन केसीले दुई बिवाह गरिसकेका छन् । पहिलो श्रीमती बिजया केसी र दोस्रो सुस्मिता बमजन केसी । तर अहिले भुवनले दुबै पत्नीहरुलाई डिभोर्स गरिसकेका छन । पहिलो विवाहबाट भुवनका एक छोरा र एक छोरी छन् भने दोस्रो पत्नी सुस्मिताबाट एक छोरा यानिकी अनमोल केसी जन्मिए । अनमोल अहिलेका सुपरस्टार सेलिब्रेटिका रुपमा फिल्म क्षेत्रमा चिनिएका छन् ।
शिव श्रेष्ठ: अभिनेता शिव श्रेष्ठले पनि दुई पटक विवाह गरे । उनले पहिलो पटक गंगादेवी श्रेष्ठसँग विवाह गरेका थिए । पहिलो दाम्पत्य जीवन असफल भएपछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे । पहिलो विवाहबाट चार छोरी र एक छोरा भएका शिव दोस्रो विवाहबाट पनि एक छोराका पिता बनेका छन् ।
निखिल उप्रेती: नायक निखिलले दुई बिवाह गरेका छन् । उनले पहिलो श्रीमती कोपिला उप्रेतीसँग बैवाहिक सम्बन्ध मा रहदारहदै नायिका संचिता लुइटेलसँग दोस्रो बिवाह गरे । निखिल र कोपिलाका एक छोरा छन् भने संचिताले एक छोरा र एक छोरिलाई जन्म दिइएकी छिन । संचिताले पनि आकास शाहलाई छाडेर निखिलसँग दोस्रो विवाह गरेकी हुन् ।
प्रियंका कार्की: नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग प्रेम बिवाह गरिन् । त्यो बैवाहिक सम्बन्धमा बस्न नसकेपछि कार्कीले सम्बन्ध बिच्छेद गरिन् । अहिले यिनले नायक आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी छिन् । प्रियंका र आयुष्मान चाँडै नै विवाह गर्दैछन् ।
हरिवंश आचार्य: वरिष्ठकलाकार हरिवंश आचार्यले पत्नी मीराको निधनभएपछि रमीला पाठकसँग दास्रो विवाह गरेका छन् । रमिला र हरिवंश दुवैको दोस्रो विवाह हो । पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिवंशका दुई छोरा छन् ।
सिम्पल खनाल: माझी दाई, अध्याय जस्ता फिल्महरुमा काम गरेकी नायिका सिम्पल खनाल म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन् । प्रशन्नसँग सम्बन्ध विच्छेद भए पछि यिनले बेलायती उद्योगपति नदिमसँग दोस्रो बिवाह गरिन् ।
छविराज ओझा: फिल्म निर्माणमा बाघको छवि बनाएका निर्माता छबिराज ओझाले तीन बिवाह गरेका छन् । उनकी पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि गीतान्जलीसँग दास्रो बिवाह गरे । गीतान्जलीको मृत्युपछि तेस्री श्रीमतीको रुपमा नायिका रेखा थापालाई बिहे गरे । थापासँग पनि सम्बन्ध बिच्छेदपछि अहिले नायिका सिल्पा पोखेरेलसँग सट्याकसुटुक बिवाह गरे । हाल शिल्पा र छविको विवाहलाई लिएर विभिन्न खाले गसिपहरु बनिरहेका छन् ।
पुजा चन्द: नायिका पुजाले फोटाग्राफर सुरज चन्दसँग बिवाह गरेपछि आफ्नो थर चन्द लेखेकी थिइन् । विवाह गरेर छोरी जन्माई सके पछि मात्रै पूजा फिल्म क्षेत्रमा प्रवेश गरिन् । उनी कार्यक्रमको सिलसिलामा अमेरिका उडिन् । पूजाले अमेरिकामै लामो समय बस्ने निणर्य गरेसँगै सुरजसँग सम्बन्ध पनि चिसियो । अनि उनीहरु कानुनी रुपमै अलग भए । अमेरिकामै बसोबास गर्ने क्रममा अमेरिकामै बसोबास गरिरहेका गायक राजु लामासँग दोस्रो विवाह गरिन् ।
सचिंता लुईटेल: नायिका सचिंता लुईटेलले फिल्मी करियरमा सफलता हात पार्दै गर्दा आकाश साहसँग लगनगाँठो कसिन् । विवाह पछि संचिता फिल्म क्षेत्रमा त्यत्ति जम्न सकिनन् । आकाश र संचिताले कानूनी रुपमै सम्बन्ध बिच्छेद गरे । आकाश थप अभिनय सिक्न मुम्बैतिर लागे । संचिता नायक निखिल उप्रेतीसँग प्रेममा परिन् । उनीहरुले विवाह पनि गरे । निखिलसँगको विवाह पछि दुई सन्तानकी आमा बनेकी संचिता पुन फिल्म क्षेत्रमा फर्किईसकेकी छिन् ।
रवि लामिछाने: रवी लामिछानेले पनि आफ्नो पहिलो पत्नी इशा सँगको बैबाहिक सम्वन्धलाई टुङ्याउदै निकिता पौडेल सँग दोस्रो लगङ्गाठो कसेका छन । पहिलो पत्नी इशाबाट रबिका दुइ छोरी छन । रबी र निकिता दुबैको यो दोस्रो बिवाह हो ।




























