काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले बलियो टोली इंग्ल्याण्डमाथि २० रनको महत्वपूर्ण जित हात पारेको छ ।
श्रीलंकाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४७ ओभरमा २१२ रनमा अलआउट भयो । उसका बेन स्टोक्सले ८२ रन बनाए भने जोए रुटले ५७ रनको योगदान दिए । तर अन्य ब्याट्सम्यान चल्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा लासिथ मालिंगाले ४ विकेट लिए भने धनन्जय डी सिल्भाले ३ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २३२ रन बनाएको थियो । मात्र ३ रन जोड्दा ओपनरद्धयलाई गुमााएको उसको पारी एन्जेलो म्याथुले सम्हाले । उनी ८५ रनमा अविजित रहे । अभिशाका फर्नान्डोले ४९ रन बनाए भने कुशल मेन्डिसले ४६ रन जोडेका थिए ।