• होमपेज
  • समाज
  • गाँउका अधिकांश वालवालिका कुपोषणको चपेटामा

गाँउका अधिकांश वालवालिका कुपोषणको चपेटामा

  • बुधबार, असार ४, २०७६
गाँउका अधिकांश वालवालिका कुपोषणको चपेटामा

प्रकाश सिंह
बाजुरा, ३ असार
जिल्ला स्वास्थ्य कार्यलय बाजुरा र बह्रमतोला स्वास्थ्य चौकीको तथ्याङ्कमा बुढिगंगा नगरपालिका १ अम्कोटमा ३ बर्षकि फुलचना नेपालि मात्र कुपोषित रहेको जनाएको छ । तर त्यहि गाँउमा ६० भन्दा बढि दलित परिवारका अधिकांश वालवालिका कुपोषित रहेका छन् ।
फुलचना नेपालि मात्र हैन उसकि २ बर्षकि बहिनि सुचना नेपालि पनि कुपोषण बाट ग्रस्त छन् । आमा मनकला सनाईले भनिन्, फुलचना धेरै कुपोषित भएर स्वास्थ्य संस्था लगेको अर्की सुचनालाई नलगेको वताए । ७ बच्चा जन्माएकि मनकलाले उनका सबै बच्चा कुपोषित भएर हुर्केको वताईन् ।
सोही गाँउकि सेतु नेपालिका ३ वटा बच्चा रहेका छन् । ४ बर्षकि छोरी ईशिका नेपालि, डेढ बर्षकि छोरी बबिता नेपालि र ३ महिनाकि पार्वति नेपालि रहेकी छन्, सबै मध्यम खाले कुपोषित रहेका छन् । घरमा खान लगाउन पुग्दैन लगाएको अन्नवाली बाट ३ महिना पनि पुग्दैन्, बजारको चामलको भरमा परिवार पाल्ने गरेको पार्वतिले वताईन् । सुनौलो हजार दिनकि आमा हुन्, जाउलो नत पकाएर खान्छन्, नत उनलाई जान्ने तरिका समेत नभएको वताईन् ।
देब नेपाली १८ बर्षकि भईन् । उनका डेढ बर्षकी छोरी र ४ महिनाको छोरो रहेको छ । ४ महिनाको छोरा त थिकै अबस्थामा रहेको छ, तर १८ महिनाकि छोरी भने कुपोषित रहेकि छ, एकातिर पोषिलो खानेकुरा पाईदैन्, अर्को तिर एक बर्ष नबित्दै अर्को सन्तान जन्मेकाले कुपोषित भएको वताईन् । गाँउमा अधिकांश बच्चाहरु कुपोषित रहेको उनले वताईन् ।
यी त केही प्रतिनिधि उदाहरण हुन् । ६० परिवार रहेको अमकोट गाँउमा ७० प्रतिशत भन्दा बढि कुपोषित रहेको स्थानिय तारा नेपालीले वताएकि छन् । गाँउका वालवालिकामा कुपोषणको भयाभय छ, तर स्वास्थ्य केन्द्रमा एकजना मात्र रहेको तथ्याङ्क रहेको छ । त्यो एउटै हुनुको कारण उक्त वालिकालाई मात्र उपचारमा लिएकोले तथ्याङ्कमा समाबेश भएको हो ।
गाँउमा ६० परिवार मध्ये धेरैको ६ महिना सम्म मात्र खान पुग्ने गरेको छ, बाकि किनेर खाने गरेका छन् । सामान्य छाक टार्न त कति धौ धौ हुने गरेको छ, पोषण युक्त आहारको ब्यबस्थापन गर्न त टाढाको बिषय रहेको तारा नेपालीले वताईन् । अर्को पोषिलो खानु पर्छ भन्ने चेतना समेत नरहेको उनले वताईन् । बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह भन्छन्, गाँउमा कुपोषित बच्चा खोज्दै गएको भए त कति भेटिन्छन्, तर स्वास्थ्य संस्थामा आएको मात्र रेकर्ड हुने गरेको वताँउछन् । जिल्लाका अन्य गाँउमा पनि धेरै कुपोषणको चपेटामा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार