दुबै हातमा गुलाबकाे फूल बाेकेर नबाेलाउ ।
मान्छेले सका गर्छन बाटोमै राेकेर नबोलाउ ।।
बजारमा मीत्र भन्दा धेरै जसाे सत्रु भेटिन्छन् ।
दाया बाया नहेरी मेरो नाम ताेकेर नबोलाउ ।।
तिमि आफूलाई मात्र बाठी ठान्छाै लाटी ।
थाहा पाउछन् ईसारा पनि खाेकेर नबोलाउ ।।
देब्रे आँखा नझिम्काउ यो मुटु ढुकढुक हुन्छ ।
मन थाम्न सक्दिन नी अोठ टाेकेर नबोलाउ ।।
म मात्र जीम्मेवार हुन्न है अहिले नै भन्दिया छु ।
तल माथि हुन सक्ला दैलो ठोकेर नबोलाउ ।।
पारस रावल
बुढिगगा नगरपालिका
बाजुरा