
बडिमालिका सम्बाददाता
जेठ, ३२ बाजुरा
सदरमुकाम मार्तडीमा रहेको सेभ हाउसलाई बाजुराका स्थानिय तहले सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । अहिले सेभ हाउसलाई बिभिन्न दातृ निकायले सहयोग गरेको भएपनि आगामि आर्थिक बर्ष बाट स्थानियले तहले सहयोग गर्नुपर्ने छलफल बाट आएको थियो ।
जिल्लाका ७ वटा स्थानिय तहका जनप्रतिनिधि सँग गरिएको छलफलमा हिशां पिडित महिलाका लागि बनाईएको सेभ हाउस सञ्चालनका लागि छलफल भएको थियो । छलफल को कार्यक्रम जिल्ला समन्वय समिति बाजुराको आयोजना, युएनएफिए र एपरोन नाम गैर सरकारी संस्थाको सहयोगमा छलफल भएको एपरोनमा कार्यरत राधा ढकालले वताएकि छन् ।
सेभ हाउस सञ्चालनका लागि बार्षिक १६ लाख भन्दा बढि बजेट आबश्यक पर्ने रहेको छ । जिल्लाका सबै स्थानिय तह बाट पिडित महिलाहरु आउने भएकाले सबै स्थानिय तहले सहयोग गर्नु पर्ने जिल्ला समन्वय समिति बाजुराका संयोजक नरेन्द्र कुमार रोकायाले वताएका छन् । स्थानिय तहले निति तथा कार्यक्रमा समाबेश गरि बजेट छुट्याएर सञ्चालन निर्देशिका तयार गरि सेभ हाउस सञ्चालनमा पहल गर्नका लागि छलफल भएको रोकायाले वताए ।
छलफल कार्यक्रममा त्रिबेणी नगरपालिकाका नगरप्रमुख राम सिं रावल, बडिमालिका नगरपालिकाका पदम बढुवाल, बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक शाह लगायत जिल्ला भरीका स्थानिय तह बाट जनप्रतिनिधि र सरोकारवालको सहभागिता रहेको थियो ।
