बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खप्तडमा ब्यान्तारो विमोचन

खप्तडमा ब्यान्तारो विमोचन

  • शनिबार, जेष्ठ ३२, २०७६
खप्तडमा ब्यान्तारो विमोचन

बडीमालिका खवर
बाजुरा, जेष्ठ ३१
ब्यान्तारो नामक साहित्य मासिक पत्रिकाको खप्तडमा विमोचन गरिएको छ । सुदूर पश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचीत खप्तड क्षेत्रमा साहित्य मासिक पत्रिका ब्यान्तारोको विमोचन गरिएको हो ।
कला, सँस्कृति र साहित्यको संरक्षण, संवद्र्धन र विकासका मासिक रुपमा प्रकाशन हुने पत्रिकाको खप्तड छेडेहद गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले विमोचन गरेका हुन् । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र अन्र्तगत बाजुराको सीमाना पर्ने त्रिवेणी क्षेत्रमा औपचारिक कार्यक्रमका बीच पत्रिकाको विमोचन गरिएको हो ।
सुदूरपश्चिम प्रदेशलाई आधार मानेर प्रकाशित ब्यान्तारो पत्रिकाको प्रत्येक महिनाको १ गत बजारमा आउने भएको छ । सुदूर साहित्य प्रतिष्ठानले प्रकाशन गर्ने पत्रिकाको सम्पादकको भूमिकामा कृष्ण ओली अविरल रहेका छन् । खप्तड क्षेत्रमै प्रतिष्ठानको टिम पुगेर विमोचन गरिएको अध्यक्ष हर्क खडायतले बताएका छन् ।
सुदूरपश्चिम क्षेत्रको कला, साहित्य र सँस्कृतिको जगेर्ना तथा संरक्षणमा क्रियाशिल प्रतिष्ठानले यसै वर्षबाट मासिक पत्रिकापनि प्रकाशन सुरु गरेको हो । साहित्य सबै विधालाई स्थान दिएर पत्रिका प्रकाशन गरिने सम्पादक कृष्ण ओली अविरलले बताएका छन् । खप्तड छेडेदह गाउँपालिकाको खप्तड यात्रामा रहेको सिंगो टिमका बीच विमोचन गरिएको हो ।
३२ पेज रहने पत्रिकामा कथा, समीक्षा, स्मरण, कविता, लुघ नाटक, गीत, गजल, देउडा जस्ता विधाहरु समेटीने छन् । खप्तड क्षेत्रमै आएर विमोचन गर्न पाउँदा खुसी लागेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताएका छन् ।
साहित्य र संगीतले नै समाजलाई जीवीत राख्ने र पहिचान स्थापीत गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । प्रकृति, साहित्य र सिर्जनालाई जिवन्त राख्न गरिएको प्रयास प्रति खुसी व्यक्त गरेका छन् । ब्यान्तारो अँध्यरो मै उज्यालो छाउन उदाउने ताराका रुपमा चिन्ने गरिन्छ । ब्यान्तारो जिल्लामा प्रकाशिल भएको पहिलो साहित्यीक पत्रिका हो ।
विमोचन कार्यक्रममा खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत डम्मर थापा, वडा अध्यक्ष दिपक रावत, मिनबहादुर शाही, हर्क रावत, कुम्भ नाथ योगी कार्यपालिका सदस्य भीमबहादुर नेपाली सहीत सहभागि थिए । उनीहरुले पत्रिका समाजको ऐना बन्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार