एजेन्सी । बंगलादेशमा एक १२ वर्षीयाकोबालिकाकाे रुप भालुजस्तै बनेको छ । बिथी अख्तर नाम गरकी ती बालिका वेयरवोल्फ सिन्ड्रोम नामक रोगबाट यस्तो भएकी हुन् । जसका कारण उनको पुरै शरीरमा मोटो र कालो रौं बढ्दै गएका छन् । जसका कारण उनी घर बाहिर निस्किन्न् ।
जसरी उनको उमेर बढ्दै छ, त्यसैगरि ती बालिकालाई विरामले च्याप्दै गएको छ भने रौं बढ्दैछन् । पछिल्लो वर्ष जसरी उनको स्तनको आकार तिब्र रुपमा बढ्यो, त्यसैगरि यो रोग पनि बढ्दै गएको छ । स्तनकै कारण उनको तौल पनि बढेको छ, जसले गर्दा उनी उठ्न पनि सक्दिनन् । उनकी आमाकाअनुसार उनलाई यो रोग एक वर्षयतादेखि मात्रै सुरु भएको बताएकी छन् ।
डाक्टरहरुलाई देखाएपनि पूर्ण रुपमा ठीक हुन सकेन । शरीरको रौं बढ्न मात्रै रोकिएको छ । त्यसपछि उल्टै उनको शरीर दुख्ने, तौल बढ्ने समस्या पैदा भएको छ । उनको उपचार भने जारी छ ।