
सुर्खेत : स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छिन्। मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी बालिकालाई १८ वर्षीय अमित कुमालले घर पु¥याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ। स्कूलबाट घर फर्कदै गरेकी बालिकालाई साँझ साढे चार बजेतिर घर पु¥याउने भन्दै सामुदायिक वनको नर्सरीमा लगेर कुमालले बलात्कार भएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले बलात्कारमा संलग्न कुमाललाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ।
