
ब्लड क्यान्सरले थलिएका एक बालकको जिबन रक्षाका लागि अपिल गरिएको छ। उपचार खर्चको अभाब हुदा उनको उपचारमा समस्या आएको हो। भर्खर ६ बर्ष मात्र पुगेका बालकको परिवारको आर्थिक अवस्था अति नै कम्जोर भएको कारण उपचारमा समस्या आएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ गोदडाका बालक रोशन साउँदको ज्यान बचाइदिन उनका बाबुले अपिल गरेका छन्। अहिले सम्म लाखौ खर्च जुटाउनु पर्ने भएपछी उनीहरु समस्यामा परेका हुन्। लगातार ज्वरो आउन आएपछि बालकलाई बैशाख २३ गते डोटीको शैलेश्वरी अस्पतालमा लगियो तर त्यहाँको गरेको उपचारले ठिक नभएपछि बालक रोशनलाई बैशाख २५ गते जिल्ला अस्पताल डोटीमा पुर्याइयो । दुवै अस्पतालको उपचारले ठिक बनाउन नसकेपछि बैशाख २७ गते सिभिल सर्भिस हस्पिटल काठमाण्डौ लगियो। त्यहाँ बालक रोशनको रगतमा क्यान्सर भएको भेटिएको थियो। छोराको उपचारका लागि ८ लाख जम्मा गर्न अस्पताल ले भनेपछि उपचारै नगरी उनीहरु घर फर्केको बुबा दिल बहादुर साउँदले दुःखेसो पोखे ।
छोरालाई काखमा राखेर बाबुले रुदै भने –‘मेरो छोरा ब्लड क्यान्सरले मर्नै लाग्यो, काठमाण्डौमा लैजाँदा ब्लड जाँचेपछि डाक्टरले शुरुमै ८ लाख डिपोजिट राख्नुपर्छ भन्यो, मैले मेरो घरबार बेचेर पनि ८ लाख जम्मा गर्न सक्ने अवस्था छैन ।’ निकै कमजोर अवस्थाका उनि भारतमा एक होटलमा मजदुरी गर्दै छन्। छोरा बिरामी भएपछि उनि घर फर्केको भनेर आफ्नो पिडा पोखे। बालक रोशनको ब्लड जाँच रिपोर्टमा ‘डिग्री अफ अर्जेन्सी’ परिणाममा ‘अर्जेन्ट’ देखाएको छ ।
बालक रोशनको ब्लड क्यान्सरको उपचारको लागि बाबु दिपेन्द्रले सबैलाई सहयोगको अपिल गरेका छन् । यदि कोहि व्यक्ति वा संस्थाहरुले सहयोग गर्न चाहे रोशनका बुबा दिपेन्द्रको मोबाईल नं. ९८०४६२२४२० मा सम्पर्क गरी सहयोग गर्न सकिने छ।
