• होमपेज
  • समाज
  • सुत्केरीको सुरक्षाका लागि ढोकामा हतियार

सुत्केरीको सुरक्षाका लागि ढोकामा हतियार

  • आइतवार, जेष्ठ १९, २०७६
सुत्केरीको सुरक्षाका लागि ढोकामा हतियार

प्रकाश सिंह
बाजुरा, १९ जेठ
बाजुराको उत्तरी क्षेत्र र कर्णाली प्रदेशका जिल्लामा सुरक्षाका लागि प्रत्येक सुत्केरी बस्ने गोठको बाहिर हतियार झुण्ड्याउने गरेका छन् । भुतपिचास नलागोस भनेर ढोकामा तरबार, भाला, खुकुरी, बञ्चरो झुण्ड्याउने गरेका छन् । स्वामीकार्तिक खापर गाँउपालिका ५ कि धर्मा बुढाले भनिन्, सुत्केरी भएको एक महिना सम्म आफुहरुको सुरक्षा त्यहि हतियार हुने गरेको वताईन् ।

ढोकामा हतियार छ भने ढुक्क हुन्छौ कुनै डर त्रास नहुने गरेको मनकला नेपालीले वताईन् । छुई हुन्छ भनेर घरका अरुको कोही गोठमा आउदैनन्, बस्न बच्चा र आफु मात्र हुने गरको छौ, आफुहरुको सुरक्षा त्यहि हतियार हुने गरेको मनकलाले वताईन् ।

गाँउमा स्वास्थ्य चेतना दिदा गएपछि भुइतलाको गोठ बाहिर हतियार झुण्ड्याएको छ भने पक्कै पनि त्यहाँ भित्र सुत्केरी बसेको हुन्छन्, सुत्केरी गोठ भित्र भएको संकेत हतियार बाट पनि थाहा हुने रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमि प्रेमकला मल्लले वताईन् । हतियार भएपछि कुनै राक्षस नआउने रुढिवादी मान्यतका कारणले राख्ने गरेका छन् ।

सुत्केरी भएपछि हतियार अनिवार्य झुण्ड्याउनु पर्छ, नभए आमा र बच्चालाइ राक्षस लाग्ने गरेको जगन्नाथ गाँउपालिका १ गोत्रिकि नन्दा बुढाले वताईन् । पहिला पहिला त बन्दुक नै झुण्ड्याउने गरेका थिए, बन्दुक सबै जिल्ला प्रहरी कार्यलयमा बुझाएपछि हतियार झुण्ड्याउने गरेको उनले वताईन् ।
बाजुराका पुर्वउत्तरी क्षेत्रका अधिकांश महिलाहरु सुत्केरी भएको बेला गोरु गोठमा बस्ने गरेका छन् । यो क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका सुत्केरी महिला गोठमा बस्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । त्यो सँगै कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा गरी ५ वटा जिल्ला महिलाहरु गोरु बान्ने गोठ बच्चा जन्माउछन् र त्यहि गोठमा एक महिना सम्म गोठमा बस्ने गरेको रुगिन स्वास्थ्य चौकीका अहेब धन बहादुर फडेराले वताएका छन् । कर्णालीका ५ वटा जिल्लामा त ८० प्रतिशत महिला गोठमा बच्चा जन्माउछन्, त्यहि गोठमा एक महिना सम्म गोठमा राख्ने गरेको फडेराले वताए । गोठमा बस्दा आमा र बच्चा लाई बिभिन्न रोग सक्रमण हुन गर्छन् । गोठमा बस्दा शिशु मृत्युदर पनि निकै उच्च रहेको उनको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार