शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • कामीको राम्री राम्री छोरी चल्छ,सेक्स चल्ने,छोएको पानी चल्दैन..

कामीको राम्री राम्री छोरी चल्छ,सेक्स चल्ने,छोएको पानी चल्दैन..

  • सोमवार, जेष्ठ ६, २०७६
कामीको राम्री राम्री छोरी चल्छ,सेक्स चल्ने,छोएको पानी चल्दैन..

गणेश विक सीप चल्छ कामीको राम्री राम्री छोरी चल्छ पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ ।

मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती कामी ले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।

पंधेरा बाट पानी भरी ल्याउने तामाको गाग्री कामी ले नै बनाएको चल्छ तर कामी ले छोएको पानी चल्दैन ।

वाहा ! कति रमाईलो छ है नेपाली समाज ? सेक्स चल्ने । जवान चल्ने । सीप चल्ने ।

औजार चल्ने । तर उसैले खाली शरीर ले छोएको पानी नचल्ने । पानी पानी नै रंग हुदैन ।

मैले सुनेको थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ ।

तर मान्छे मान्छे नै हो । मान्छे मा कुनै फरक हुदैन । मानिस को शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।

भौतिकवाद ले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।

हामी नेपाली एउटा सियो बनाउने उपाए छैन भौतिवादको आँखा मा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ ।

मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन । एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो

चर्चामा

सम्बन्धित समाचार