यस्तै छ जीवन सुख र दुखमा चल्या छ ए साथि ।
चल्दैछ पनि खै कता कता ढल्या छ ए साथि ।।
चाल्दैछु पाईला साेचेकाे ठाउमा पुग्छुकी पुग्दिन ।
मनमा सानाे आशाकाे दियाे बाल्या छ ए साथि ।।
जीवनमा ठुलो कर्म हो भन्छन् मान्छु त्याे सत्य हो ।
तर कर्मकाे फल खै कुन्नी कहा फल्या छ ए साथि ।।
झस्कन्छु कहिले मान्छेकै भिडलाई अनाैठाे ठानेर ।
भूत प्रेत हाेईन मान्छेकै जातले छल्या छ ए साथि ।।
आशा कुमारी थापा
बुढिगगा नगरपालिका २ बाजुरा