शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • सुत्केरीलाई एक महिना सम्म गोरु गोठमा

सुत्केरीलाई एक महिना सम्म गोरु गोठमा

  • सोमवार, बैशाख ३०, २०७६
सुत्केरीलाई एक महिना सम्म गोरु गोठमा

प्रकाश सिंह
बाजुरा, ३० बैशाख
स्वामीकार्तिक खापर गाँउपालिका ५ कि धर्मा बुढा सुत्केरी भएको १७ दिन भयो । उनि गोरु गोठमा बस्दै आएकि छन् । उनले त्यहि गोठमा एक महिना सम्म बस्नु पर्ने बाध्यता रहेको छ ।
अध्यारो गोठ निहुरीएर भित्र बस्नु पर्ने । गोठ भित्र पस्दा बति बालेर जानु पर्ने हुन्छ । गोठमा झ्याल पनि छैन्, सानो दुलो जस्तो ढोका मात्र रहेको छ । एकातिर गोरु छन्, भने अर्को तिर कुखुराको खोर त्यहि छेउमै उनि र उनको नवजात शिशु बस्ने गरेका छन् । सुत्केरी हुँदा घर भित्र राख्नु हुदैन भन्ने मान्यताले उनका परिवारले उनलाई एक महिना सम्मका लागि गोरु गोठमा राखेका छन् ।
त्यस्तै सोही गाँउकि सुरिन्द्र कठायतलाई सुत्केरी ब्यथा लाग्ने बितिकै वाई स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकीमा छोरा जन्माईन्, आफन्तले घरमा ल्याए, उनलाई सरासर गोरु गोठमा पुयाए । गोरु बाध्ने गोठको एउटा कुनामा उनलाई राखियो र त्यहि अध्यारो गोठमा उनले एक महिना सम्म बस्नु पर्ने रहेको छ । स्थानिय सामाजिक अगुवा जन्देबि बुढा भन्छन्, वाईमा ३ सय परिवार बसोवास गर्छन्, सबै महिला सुत्केरी हुँदा गोठमा बस्ने गरेका छन् । अहिले गाँउमा ५ जना १ महिना भित्रको महिला सुत्केरी भएकि छन्, सबै गोठमा बस्ने गरेको जनदेबीले वताएकि छन् ।


हिमाली गाँउपालिका ६ कि नन्दसरा सार्कीलाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै गोरु गोठमा लगे, एक छेउमा गोरु अर्को छेउमा उनलाई राखियो । नन्दसरालाई परम्परागत बिधि प्रयोग गरेर सुत्केरि गराईयो । बच्चाको नाल काट्न काम पनि खिया लागेको हसिया मार्फत काटेर रसिले नाला बाध्ने काम भयो । उनि बच्चा पाएको एक महिना सम्म त्यहि गोठमा बस्ने गरेको नन्दसराले वताईन् । उनले यो लगायत ५ वटा बच्चा त्यहि गोठमा जन्माईन् । गोरु गोठै दुइ वटा बच्चाको मृत्यु भएको उनले वताईन्, गोठमा बस्दा चिसो हुने बच्चा बिरामी हुने भएकाले होला गोठमा मृत्यु भएको उनले वताईन् ।
बाजुराका पुर्वउत्तरी क्षेत्रका अधिकांश महिलाहरु सुत्केरी भएको बेला गोरु गोठमा बस्ने गरेका छन् । यो क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाँउपालिका र बुढिन्नदा नगरपालिका सुत्केरी महिला गोठमा बस्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । त्यो सँगै कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा गरी ५ वटा जिल्ला महिलाहरु गोरु बान्ने गोठ बच्चा जन्माउछन् र त्यहि गोठमा एक महिना सम्म गोठमा बस्ने गरेको रुगिन स्वास्थ्य चौकीका अहेब धन बहादुर फडेराले वताएका छन् । कर्णालीका ५ वटा जिल्लामा त ८० प्रतिशत महिला गोठमा बच्चा जन्माउछन्, त्यहि गोठमा एक महिना सम्म गोठमा राख्ने गरेको फडेराले वताए । गोठमा बस्दा आमा र बच्चा लाई बिभिन्न रोग सक्रमण हुन गर्छन् । गोठमा बस्दा शिशु मृत्युदर पनि निकै उच्च रहेको उनको भनाई छ ।
सरकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउनका लागि प्रोत्साहन भत्ताको ब्यबस्था समेत गरेको छ । कर्णालीका ५ वटा जिल्ला र बाजुरामा स्वास्थ्य संस्थामा बच्चा जन्माए बाफत ३ हजार, नियमित गर्भजाँच बाफत ८ सय गरी ३८ सय र भोटो चोलो दिने ब्यबस्था गरेको छ । अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले पनि यो क्षेत्रमा करोडौ खर्च गरेको भएपनि परिवर्तन भने हुन सकेको छैन् । दुर्गम जिल्लामा बच्चा र आमाको लागि भन्दै नेपाल सरकार सुहारा, युनिसेफ, फेज, आएनएफ लगायत सरकारी तथा गैर सरकारी संस्थाले करोडौ रुपैया खर्च गरी रहेका छन् । स्वामीकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिञ्जवि शाहिले भने गोठमा बस्नु हुदैन्, भनेर चेतना दिने गरेका छौ तर न्युनिकरण गर्न नसकेको उनले वताए । छाउपडि भन्दा सुत्केरीलाई गोठमा राख्ने प्रचलन खतरनाक रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार