शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाज
  • सहकारी अभियान कै बीचमा मनाईयो खड्काको ३८ औं जन्मदिन

सहकारी अभियान कै बीचमा मनाईयो खड्काको ३८ औं जन्मदिन

  • सोमवार, चैत्र २५, २०७५
सहकारी अभियान कै बीचमा मनाईयो खड्काको ३८ औं जन्मदिन

मदन विक
बाजुरा २५ चैत्र
बाजुरा जिल्लाका सहकारी अभियान्ता अमर खड्काको ३८ औं जन्मदिन सहकारी अभियान्ताहरुको विचमा मनाईएको छ ।
सदस्य संघ संस्थाहरु नेफ्स्कूनले सोमबार जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खड्काको ३८ औ जन्मदिन मनाईएको हो ।
खड्काको ३८ औं जन्मदिनका अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि का महासचिव चन्द्र ढकाल र कोषाध्यक्ष केशव पोखरेलले सहकारी अभियान्ता खड्कालाई शुभकामना समेत दिएका छन् । सहकारी अभियान्ता खड्का राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि बाजुराका अध्यक्ष समेत रहेका छन् ।
जन्मदिनमा विरामीलाई फलफुल वितरण
बाजुरा जिल्लाका सहकारी अभियान्ता खड्काले आफ्नो ३८ औं जन्मदिनको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका २० बढी विरामीहरुलाई फलफुल वितरण गरेका छन् ।
वि.स. २०३७ सालमा बडीमालिका नगरपालिका वडा नं. ३ रजालीमा जन्मेका खड्काले आजबाट ३७ औ वसन्त पार गरेर ३८ औँ वसन्तमा प्रबेश गरेको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका २० बढी विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

सहकारी अभियान्ता खड्का राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि बाजुराका अध्यक्षमा कार्यरत छन् ।

खड्काकाे ३८ औ जन्मदिनको अवसरमा संघिय सभाका माननीय लालबहादुर थापाले  जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । त्यस्तै नेकपा नेता भरत थापा, महेश शाही, दलित अधिकारकर्मी गोरख शार्की लगायतका नेता तथा कार्यक्रताहरु शुभ चिन्तक सबैले शुभकामना दिएका छन् । त्यस्तै सामाजिक संजालमार्फत बिभिन्न ठाउँबाट शुभकामना दिएका छन् । खड्का सानै उमेर देखी तत्कालिन नेकपा एमालेका संगठन समाजिक अभियान तथा सहकारी अभियानमा लागेर समाजिक सेवामा लागिरहेका छन् । खड्काले जन्मदिनको अवसरमा विरामीलाइ फलफुल वितरण गर्दै भने  जन्म दिनमा ठुला होटेल रेष्टुरेन्टमा भोज गरेर पैशा खर्च गर्नु भन्दा बिरामीहरुको सेवा गर्नु राम्रो भएकोले जन्मदिनमा बिरामीलाई फलफुल बितरण गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार