शुक्रबार, कार्तिक १६, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गर्भनिरोधक शिविर सम्पन्न

गर्भनिरोधक शिविर सम्पन्न

  • मङ्लबार, चैत्र १९, २०७५
गर्भनिरोधक शिविर सम्पन्न

बडीमालिका खवर
दार्चुलाको अपीहिमाल गाउँपालिकाकाको वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धी गर्भनिरोधक शिविर सम्पन्न भएको छ । परिवार नियोजन गर्नुका साथै बिभिन्न सेवा दिने उदेश्यले शिबिरको आयोजना गरिएको हो । दुई दिन सम्म चलेको शिवीरमा वडा नम्बर २ का १९ जना र वडा नम्बर ५ का ११ जनाले सेवा लिएका छन । शिवीरमा ५ वर्षे परिवार नियोजनको साधन इम्पलान्टको सेवा महिलाहरुले सेवा दिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश बोहराले बताएका छन् । बोहराका अनुसार शिवीरमा ५ वर्षे परिवार नियोजनको साधन इम्पलान्टको सेवा महिलाहरुले लिएको बताए । गाउँ घरमै सेवा पाउँदा स्थानीय खुसी भएका स्वास्थ्य संयोजक बोहराले बताए । शिविरमा स्वास्थ्यकर्मी बोहरा लगाएत अहेव प्रमोद कुमार चौधरी , अनमी सुनीता ठेकरे र चाँदनी ठेकरेको सहभागीतामा सेवा दिएको थियो । गाउँमै सेवा पाउने भएपछी स्थानिय महिला पनी उत्साहित देखीएकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार