• होमपेज
  • अन्तरवार्ता
  • प्रचण्ड दक्षिण एशियाकै राजनेता हुन उहाबिना अरुले देश बनाउन सक्दैनः ऋषि धमला {भिडियो सहित}

प्रचण्ड दक्षिण एशियाकै राजनेता हुन उहाबिना अरुले देश बनाउन सक्दैनः ऋषि धमला {भिडियो सहित}

  • बुधबार, चैत्र १३, २०७५
प्रचण्ड दक्षिण एशियाकै राजनेता हुन उहाबिना अरुले देश बनाउन सक्दैनः ऋषि धमला {भिडियो सहित}

मैले प्रचण्डलाई राम्रो संग चिनेको र जानेको छु। उनी दक्षिण एशियाकै राजनेता हुन प्रचण्ड बिना अरुले देश बनाउन सक्दैनः ऋषि धमला {भिडियो सहित}

काठमाडौँ । प्रत्रकार ऋषि धमलाले नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहेक अरू कसैले देश बनाउन नसक्ने बताएका छन् । राजधानीको एक देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा प्रत्रकार तथा सञ्चारकर्मी ऋषि धमलाले हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको र आफूले प्रचण्ड लाइ राम्रो सँग चिनेको र बुझेको र जानेको समेत बताएका थिए। धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएको समेत उल्लेख गरे। उनले नेपाली नेताहरूमा प्रचण्ड सफा हृदय भएको नेता भएको बताउँदै अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा राखे ।

यस्तो छ धमलाले प्रचण्डबारे बोलेका शब्दः अध्यक्ष प्रचण्ड विलक्षण प्रतिभा भएको व्यक्ति हुन् । हाम्रो देशमा क्रान्ति र शान्तिको नेतृत्व एकैचोटी यदि विश्वमा कसैले गरेको छ भने त्यो प्रचण्डले गरेको छ । हामीले प्रष्टरुपमा भन्नुपर्छ नेपाली राजनीतिमा उहाँमा जुन किसिमको क्षमता, दुरदर्शिता र अध्ययनशीलता छ र जनताको मनमा बस्न प्रचण्ड सफल हुनुभएको छ । नेपाली राजनीतिमा मैले प्रचण्डलाई चिनेको, जानेको र बुझेको छु । प्रचण्डको मन एकदमै सफा छ । प्रचण्ड सही हिँड्दै हुनुहुन्छ ।

प्रचण्ड जनताको दुस्ख देख्न सक्नुहुन्न । गणतन्त्र, संघीयता, समावेशीता, देश र जनताको कुरा गर्दा त्यतिखेर साँच्चीनै प्रचण्डले सशस्त्र जनयुद्ध नगरेको भए हाम्रो देशमा यति छिट्टै राजनीतिक चेतना आउने थिएन । किनभने मैले यसमा धेरै बहस गरेको छु । चौध वर्षको उमेरमा कृष्णप्रसाद भट्टराईको अन्तर्वार्ता लिने पत्रकार हो ऋषि धमला । प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक हुँदा पनि पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ ।

उहाँ जस्तो दुरदर्शी राजनेताले हाम्रो देशलाई विकास र समृद्धिको युगमा पुर्याउनुपर्छ । तपाई दक्षिण एशियाकै राजनेता हो । प्रचण्ड जीले राजनीतिक क्रान्ति पनि गर्नुभयो । सशस्त्र द्वन्द्व पनि गर्नुभयो । गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेर साँच्चीकै गणतान्त्रिक नेपालको परिकल्पना गरेर संविधानसभाबाट संविधान ल्याएर नेपालको वामपन्थीलाई एक बनाएर आज नेकपाको अध्यक्ष भएर आउनुभएको छ । प्रचण्ड जी राजनैतिक क्रान्ति सफल भयो अब कहिले हुन्छ आर्थिक क्रान्ति कहिले हुन्छ ?

यी यावत प्रश्नहरु म सँधै गर्ने गर्छु । मलाई विश्वास छ प्रचण्डजी आज हाम्रो देशमा नेताको खडेरी परिरहेको अवस्थामा तपाईले मात्र यो देशमा विकास र समृद्धि गर्न सक्नुहुन्छ । तपाई नै एउटा दुरदर्शी नेता हो ।तपाईले जसरी क्रान्ति गरेर राजनीतिक रुपान्तरण गर्नु भएको थियो, त्यसरी नै आर्थिक क्रान्ति गरिदिनुस् । हाम्रो देशमा जनता यति लालायित छन्, जनता यति आतुर छन् अब तीन करोड जनताले मन पराएको तथा विश्वले हेर्ने गरेको प्रचण्डले आर्थिक क्रान्ति गरिदिनुस् । मैले धेरै प्रशंसा गरेको होइन ।

प्रचण्डजी प्रधानमन्त्री हुँदा म मन्त्री हुन्न । तपाईहरुलाई थाहा छ म पत्रकार नै हो । कुनै स्वार्थ छैन । उहाँ दोस्रो पटक प्रधानमन्त्री बनेपछि भारत जानुभयो । त्यसबेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङको बीचमा बसेर अब नेपालमा विकास गर्नुपर्छ भन्ने व्यक्ति हुन् प्रचण्ड । र, प्रचण्डजी हाम्रो देशको ठूलो रोग भनेको भ्रष्टाचार हो । त्यसलाई तपाईले जरैदेखि उखेलेर फाल्नुस्, तीन करोड नेपाली तपाईको साथमा हुनेछन् ।

भिडियो हेर्नुहोस्

चर्चामा

सम्बन्धित समाचार