बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजारको सड्क अस्तव्यस्त

मार्तडी बजारको सड्क अस्तव्यस्त

  • बुधबार, फाल्गुन २२, २०७५
मार्तडी बजारको सड्क अस्तव्यस्त

प्रेम रौले , बाजुरा  २२, फागुन ।
सदरमुकाम मार्तडीको माथिल्लो बिच बजारमा रहेको ३ सय ५४ मिटर सडक र तुफान डाँडा देखि त्रिबेणी चोक सम्मको करिब ५ सय मिटर सड्क अस्तव्यस्त बन्दै गएको छ ।
माथिल्लो बजारमा रहेको सड्कको बिच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा बिच बजारमा सड्क निर्माणमा अस्तब्यस्त बनेको छ । त्यस्तै तुफान डाँडा देखि त्रिबेणी चोक सम्मको सड्क लगातारको वर्षाका कारणले पनि एक महिना देखि सड्क अस्तव्यस्त बनेको यातायात व्यवसायीले वताएका छन् ।
बडीमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालय देखि जिल्ला स्वास्थ्य कार्याय सम्म १ सय ७० मिटर सडक र गौडाडिल देखि खुलामञ्च सम्मको १ सय ८४ मिटर सडक पानिका कारण का साथै ठेकेदार कम्पनीले काम नगर्दा हिलाम्मे र अब्सतब्यस्त बनेको छ ।


सडक निर्माण कार्य भएको महिना वितिसक्दा पनि निर्माणको जिम्मा लिएका दुई कम्पनीले समयमै सडक निर्माण नगर्दा उक्त क्षेत्र जाने बाटो हिलैहिलो भएको छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, बृद्धबृद्धा, अपाङ्ग भएका व्यक्तिले निकै सास्ती भोग्दै आएको बताइएको छ । सडक निर्माण कार्य अधुरै छोडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटलल ब्यबसाहिले समेत हैरानी खेप्दै आएका छन् ।
माथील्लो बजारको सडक निर्मार्ण कार्यमा ढिलाई हुदाँ जिल्ला प्रशासनको निर्माणाधिन भईरहको भवनको कच्चा पदार्थ सामान ढुवानीमा समेत अबरोध पुर्याएको छ । यता जिल्ला अस्पताको भवनको सामान ढुवानीमा समेत अबरोध भएपछी काममा ढिलाई भएको भवन निर्माणका ढेकेदारहरुले बताएका छन ।
यदी बजारको बाटो समयमै सम्पन्न भईदिएको भए जिल्ला प्रशासनको भवनको एक तल्ला निर्माण भईसक्ने काममा बाधा पुर्याएको जिल्ला प्रशासनले बताएको छ ।
हिलाम्मे सडकमा ट्याक्टर आएमा हिलो पसल र होटलहरुमा जाने भएकाले उक्त समयमा ढोका नै बन्द गर्ने गरेको श्रेष्ठ स्टेशनरी तथा फोटोकपीका व्यापारी रोशन श्रेष्ठले वताए । उनले थपे “नगरपालिकाले छिटो सडक बनाउने भन्दै मुआव्जा दिदै धमाधम घरहरु भत्काउन लगायो । अहिले सडक निर्माण ढिलाइ हुदै गएको छ ।” नगरपालिकाले समयमैै सडक निर्माण गरेको भए आवतजावत गर्न र व्यापारी समेत ढुक्क हुने वताए ।
गौडाडिल देखि खुलामञ्च सम्मको जिम्मा लिएको डि.बी कन्ट्रक्सनका ठेकेदार विजयराज पण्डितले सडक छेउछाउका घरधनीले समयमै बाटो खाली नगर्दा समस्या भएको वताए । उहाँले सडक छेउमा रहेका दिपा बोहरा र कविता थापाको घरधनीले सडकको बाटो नछोड्दा केही ढिलाइसंगै त्रिवेणी साना जलविद्यूत केन्द्रले विद्युतका पोल नहाटाउदा निर्माण कार्यमा बाधा भए ठेकेदार पण्डितको भनाई रहेको छ । बडीमालिका नगपालिकाका नगर प्रमुख पदम बडुवालले थोरै काम भएकाले सहमती भएको जग्गा छोड्ने सहजीकरण हुदै गएको छ । घरधनीहरुले सडक निर्माणका लागि आवश्यक सडक छोड्ने सहमती भएर काम अगाडी बढाइने नगर प्रमुख बडुवालको भनाई रहेको छ ।
त्यस्तै तुफान डाँडा देखि त्रिबेणी चोक सम्मको उनीहरुले सडक निर्माण कम्पनीले समयमै काम नगर्दा हिलाम्मे सडक भएपछि अस्तव्यस्त बनेको दुनी हाट बजार व्यवस्थापन समितिका मोहनलाल नेपालीले वताए ।


सडक निर्माण तथा अन्य विकास निर्माका कार्यमा नगरपालिका सुस्त बन्दै गएको बताइएको छ । पहिला दिएको सडक निर्माणको तिव्रतालाई पछिल्लो समयमा नगरपालिकाले त्यति ध्यान नदिएको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष नेपालीले वताए ।
निर्माण कम्पनीले समयमै सडक निर्माण नगर्दा व्यापारीहरुले दैनिक सास्ती भोग्दै आएका छन् । हिलाम्मे सडकबाट यातायातका साधन आवतजावत गर्दा सडक छेउछाउका पसलहरुमा पुरै हिलो मात्र आउने गरेकोले हैरानी खेप्दै आएको व्यापारी चक्र बहादुर रोकायाले वताए ।
सडक निर्माणको जिम्मा लिएको केही सयममै पीएस कन्ट्रक्सनले काम नगर्ने गरेको र सडकको माटो निकालेका कारण सडक हिलाम्मे भएर मान्छे समेतलाई आवतजावत गर्न कठिन भएको रोकायाले थपे । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग निर्माण हुने सडकको निर्माण कार्यको जिम्मा पीएस कम्पनीले पर्खाल निर्माणको जिम्मा लिएको बताइएको छ । कम्पनीले सडक निर्माणका लागि पर्खालहरु निर्माण गर्न सहयोग गरेको कार्य सकिएकाले आफ्नो कुनै जिम्मवार नभएको बताएको छ । पर्खाल निर्माण कार्य समयै सक्ने गरी कामको थालनी गरेर सकेको कम्पनीको दावी रहेको छ । पर्खाल निर्माण पछि अन्य निर्माण कार्य नगरपालिकाका जिम्मा रहेको पीएस कन्ट्रक्सनका प्रेम थापाले जनाए ।

चर्चामा

सम्बन्धित समाचार