सोमवार, साउन ११, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

  • सोमवार, साउन ११, २०८३
सेयर गर्नुहोस् :
मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’ यात्राका लागि डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच मध्यरातमा झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ।  आइतबार राति भएको उक्त झडपमा परी प्रदर्शनकारी र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र ध्वनि प्रदूषण भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै समूहबीच भिडन्तको स्थिति सिर्जना भएको थियो। उत्तेजित भीडले कप्तानगन्ज बजार क्षेत्रका सर्वसाधारणका घर, मेडिकल, सवारीसाधन तथा अन्य सार्वजनिक र निजी संरचनामा व्यापक तोडफोडका साथै आगजनी गर्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो। तर, हवाई फायर गर्दा पनि भीड नियन्त्रणमा नआई तोडफोड र आगजनी नरोकिएपछि बाध्य भएर गोली चलाउनु परेको स्थानीय प्रशासन तथा प्रहरीको भनाइ छ। घटनापछि कप्तानगन्ज र आसपासको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार