आइतवार, साउन १०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र बाल संरक्षण संयन्त्रबारे अभिमुखीकरण

किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र बाल संरक्षण संयन्त्रबारे अभिमुखीकरण

  • आइतवार, साउन १०, २०८३
सेयर गर्नुहोस् :
किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र बाल संरक्षण संयन्त्रबारे अभिमुखीकरण

बाजुरा– किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य(ASRH) तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्र (CBCPM) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिकाकाे सभा हलमा  आइतबार आयोजित कार्यक्रममा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा विस्तार, यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना अभिवृद्धि तथा समुदायस्तरमा बाल संरक्षण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजना अन्तर्गत आयोजित अभिमुखीकरणमा बडीमालिका नगरपालिकाका उप प्रमुख लगायत वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा किशोरकिशोरीले सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने अधिकार, बालविवाह, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, मानसिक स्वास्थ्य, बाल अधिकार तथा बाल संरक्षणका विद्यमान संयन्त्रलाई समुदायस्तरमै सक्रिय बनाउने उपायबारे जानकारी दिइएको थियो ।
त्यस्तै, समुदायमा आधारित बाल संरक्षण संयन्त्र  लाई प्रभावकारी रूपमा परिचालन गरी बालबालिकामाथि हुने हिंसा, शोषण, दुर्व्यवहार तथा उपेक्षाका घटनाको समयमै पहिचान, रोकथाम र व्यवस्थापनमा स्थानीय तह, समुदाय र सरोकारवालाबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागीहरूले किशोरकिशोरीमैत्री वातावरण निर्माण, सुरक्षित समुदायको विकास तथा बाल अधिकारको संरक्षणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । पीसविन नेपालले बाजुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा बाल अधिकार, किशोरकिशोरी स्वास्थ्य तथा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमको आयोजना बडीमालिका नगरपालिकाको समन्वयमा गरिएको थियो । कार्यक्रममा बडीमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशी, प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा, प्रहरी निरीक्षक नरेश बहादुर शाही, बिभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य र बडीमालिका नगरपालिकाका बिभिन्न शाखा प्रमुख लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन पीसविन नेपालका परियोजना संयोजक पदम कठायतले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार